Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अनागत’ गीतमा प्रियंकाको स्वर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/25
करीब २ वर्ष अगाडि नै निर्माण भएको फिल्म ‘अनागत’ अब प्रदर्शनका लागि तयारी अवस्थामा छ । निर्माण टिमले हालै माघ ११ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । यसबीच फिल्मको पहिलो गीत सार्वजनिक भएको छ ।  
 
 
'कसलाई पोखुँ...' बोलको गीतमा फिल्मका लिड कलाकार प्रियंका कार्की र अर्पण थापा प्रस्तुत छन् । गीतमा श्रीमान्-श्रीमतीबीच घर व्यवहारमा उब्जिने मानसिक द्वन्द्वलाई देखाइएको छ । गीतमा प्रियंका स्वयंको स्वर छ । 
 
गायनमा प्रियंकालाई सुरजसिंह ठकुरीले साथ दिएका छन् । गायक सुरज र साम्तेन भुटियाको शब्द रहेको गीतमा सुरजकै संगीत सुन्न सकिन्छ । केही दिन अगाडि प्रियंका र अर्पणको इन्टिमेट सिन समावेश फिल्मको टिजर सार्वजनिक भएको थियो । 
 
साम्तेन भुटिया निर्देशित फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदी पनि मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म सस्पेन्स थ्रिलर जानरामा बनेको हो । 
 
फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)