Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जिरो’ बाट धक्का, अब ‘डन ३’ गर्दै शाहरुख

एजेन्सी, मुम्बई, 2018/12/25
 
किंग खानको फिल्म ‘जिरो’ लाई बक्सअफिसमा राम्रो रेस्पोन्स मिलेको छैन । रिलिजको चार दिनमा २ सय करोडमा बनेको यो फिल्मले ६० करोड मात्र कमाउन सफल भएको छ । यसबीच अब शाहरुख आफ्नो नयाँ फिल्मको सुटिङ ज्वाइन गर्ने तयारीमा छन् । 
 
'डन' फिल्मका निर्देशक फरहान अख्तरले उनलाई फिल्मको तेस्रो पार्ट चाँडै सुरु गर्ने जानकारी दिएका छन् । खबरअनुसार, ‘डन ३’ को स्क्रिप्ट 'लक' भइसकेको छ र शाहरुखले अर्को वर्षबाट सुरु गर्ने निर्णय लिएका छन् । फरहान गएको एक वर्षदेखि ‘डन ३’ को स्क्रिप्टमा काम गरिरहेका थिए । 
 
निर्माताको भनाईलाई आधार मान्ने हो भने ‘डन ३’ को कहानी निकै अलग छ, जसको पहिलो र दोस्रो सिरिजसँग कुनै सम्बन्ध हुने छैन । फिल्ममा फेरि शाहरुखको जोडीको रुपमा अभिनेत्री प्रियंका चोपडा देखिने चर्चा छ । तर, उनीसँग तत्काल डेट्स नभएको बताइएको छ । 
 
शाहरुख र प्रियंकाबीच चलिरहेको कोल्ड वारका कारण पनि उनले फिल्म गर्ने सम्भावना निकै न्यून रहेको भारतीय मिडियाले बताएका छन् । ‘डन ३’ भन्दा पहिला शाहरुखले निर्देशक फरहानलाई 'सारे जहां से अच्छा' को सुटिङ भ्याएपछि उनको फिल्म गर्ने बताएका छन् ।
Most Visited News (monthly)