Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुमालै छ चिनो’ मा सुशान्त इन्डियन आर्मी (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/24
भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा नेपाली फिल्म ‘रुमालै छ चिनो’ निर्माण भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । 
 
 
ट्रेलरमा भारतबाट युद्ध लडेको एक युवकको बहादुरी देखाइएको छ । फिल्ममा इन्डियन आर्मीको भूमिकामा अभिनेता सुशान्त कार्की छन् । उनको अपोजिटमा अफ्साना थापा छिन् । उक्त फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् । 
 
 
रेशम थापाको चर्चित लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर यो फिल्म निर्माण भएको हो । रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
 
 
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता कार्कीले फिल्मका लागि निकै मिहिनेत गरेको बताए । उनले भने, 'फिल्मका लागि कति मिहिनेत गरेँ शब्दमा भन्न सक्दिनँ । यसअघिका फिल्ममा भन्दा फरक देखिनका लागि तीन महिना छायांकन नै रोकेर मैले सिक्सप्याक शरीर बनाएको थिएँ ।' 
 
 
अभिनेत्री अफ्साना भने डेब्यु फिल्मबाट निकै आशावादी रहेको बताइन् । ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्ममा चन्द्र ब.खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । यो फिल्मको यसअघि नै 'ए माया...' बोलको गीत सार्वजनिक भइसकेको छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)