Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कुहिरोको बाटोमा गाडी हुइँक्याउँदै दयाहाङ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/24
अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । इदको अवसरमा सार्वजनिक गरिएको गीतमा अभिनेता राई खुसी मुद्रामा कुहिरोको बाटोमा गाडी हुइँक्याउँदै देखिएका छन् । यो फिल्ममा उनी ड्राइभरको भूमिकामा छन् । 
 
 
थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको गीतमा अनमोल गुरुङको संगीत छ भने उमेश उपमाको शब्द छ । योज्ना प्रधानले कोरियोग्राफी गरेको सार्वजनिक गीतको भिडियो नेपाल-भारतको सिमानामा अवस्थित सन्दकपुरमा खिचिएको हो । 
 
फिल्मको टाइटल क्यारेक्टरमा अभिनेता दयाहाङ छन् । उनले एक पिताको भूमिका निभाएका छन् । फिल्मले बाबु-छोराको कथा वाचन गर्ने निर्देशक अनमोल गुरुङले बताए । माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्म जेठ २४ मा रिलिज हुँदैछ । 
 
नेपाल रिलिजको एक सातापछि भारतमा समेत प्रदर्शन हुने फिल्ममा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । 
 
फिल्मको कथा निर्देशक स्वयंको हो । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)