Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१५ मिनेटको प्रिभ्यूमा हेर्नुस् ‘जय श्री दाम’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/24
अहिले दर्शकलाई हलसम्म तान्न निकै गाह्रो छ । एकसेएक गीतसंगीत, कौतुहलता जगाउने ट्रेलर, गतिलो प्रचार, स्टार कलाकार र अनेकन फण्डा नअपनाए दर्शक फिल्मप्रति आकर्षित नै हुँदैनन् । यसकारण अचेल निर्माता/निर्देशक दर्शकलाई लोभ्याउन अनेकन उपाय अपनाइरहेका हुन्छन् । 
 
पुष २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय श्री दाम’ टिमले पनि प्रचारमा पहिलो पटक फरक प्रयोग गरेको छ । २ मिनेटको ट्रेलर सार्वजनिक गरिसकेको फिल्मले सुरुवातको १५ मिनेटको दृश्य पनि सार्वजनिक गरेको छ । प्रायः हलमा रिलिज भएपछि फिल्मको प्रिभ्यू भिडियो युट्युबमा रिलिज गर्ने गरिन्छ । 
 
 
प्रिभ्यू दृश्यमा फिल्मको केन्द्रिय द्वन्द्व देखाउन खोजिएको छ । निर्देशक बिप्लोप उप्रेतीले दर्शकलाई लोभ्याउन र नझुक्याउन १५ मिनेटको प्रिभ्यू भिडियो सार्वजनिक गरेको बताए । उनले भने, 'हाम्रो फिल्ममा न महँगो बजेट, न स्टारकास्ट, न गीत नै छ । तर, हाम्रो कन्टेन्ट बलियो छ । यसकारण एक्सपेरिमेन्ट गरेका हौं ।' 
 
१५ मिनेटको प्रिभ्यू भिडियोमा अभिनेता अमृत ढुङ्गाना र अभिनेत्री जेबिका कार्कीको प्रेममा परिवार बाधक हुँदा उत्पन्न हुने समस्या देखाइएको छ । कमेडी जनरामा निर्माण भएको फिल्म ‘जय श्री दाम’ ले पैसा कमाउन गर्ने पात्रहरुको कथा वाचन गर्ने निर्देशक उप्रेती बताउँछन् । 
 
उक्त फिल्म मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको हो । फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।
 
निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको यसमा मित्र डि गुरुङको सम्पादन छ भने सिनेम्याट्रोग्राफरमा नवराज उप्रेती हुन् ।  रविन आचार्य डिओपी रहेको फिल्ममा विनोद न्यौपाने, राजन खवितडा, प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि लिड अभिनयमा छन् ।
 
प्रिभ्यू :-

Most Visited News (monthly)