माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘गरुड पुराण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिपूर्ण छ । फरक पृष्ठभूमीका पुरुष पात्रको दौडधुप ट्रेलरमा देखाइएको छ ।
.jpg)
दर्शकलाई हलसम्म तान्न सक्ने तागत ट्रेलरमा देखिन्छ । अभिनेता नाजिर हुसेन र कलाकार लुनिभा तुलाधरले बोल्ने ‘दर्शन’ शब्द दर्शकको मुखमा झुन्डिन सक्छ । ट्रेलरबाट फिल्म कमेडी विषयवस्तुमा निर्माण भएको अनुमान गर्न गाह्रो छैन । नाजिरले फिल्ममा ब्यान्ड मास्टरको भूमिका निभाएका छन् ।

पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ का निर्देशक सुबास कोइराला हुन् । कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, प्रविण खतिवडा, कामेश्वर चौरसिया, बसन्ध भट्ट, प्रकाश घिमिरे, जान्ह्वी बोहोरा, कमल देवकोटालगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
.jpg)
आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैंले लेखेको यो फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मले फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथा भन्छ ।
.jpg)
कार्यक्रममा बोल्दै निर्देशक सुबासले हास्य प्रधान जनरामा तयार पारेका कारण दर्शकले फिल्म रुचाउने बताए । कलाकारहरु पनि दर्शकले फिल्म हेर्दा भरपूर मनोरञ्जन लिने विश्वास व्यक्त गर्छन् । केही हप्ता अगाडि सार्वजनिक भएको ‘म त पिरिममा...’ बोलको गीतले यस फिल्मको राम्रो हाइप निर्माण गरेको छ ।
ट्रेलर हेर्नुहोस् :-

