Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.86/5.00)
Text size:-
+
-

‘कृ’ निर्देशकको फिल्म गर्दै प्रदीप ?

फिल्मीखबर, काठमाण्डौ, 2018/12/23
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘रोज’ को नतिजा अपेक्षाकृत नभएपछि अभिनेता प्रदीप खड्का यतिबेला फिल्म छनौटमा चुजी हुन थालेका छन् । उनले अब फिल्म राम्रो बन्नमा कन्टेन्ट र निर्देशकको महत्वपूर्ण भूमिका रहने महशुस गर्न थालेको देखिन्छ । अहिले उनले चालेको रणनीतिले पनि यो देखाउँछ । 
 
‘रोज’ पछि उनले चलेका निर्देशकका फिल्म एकपछि अर्को गर्दै साइन गरिरहेका छन् । प्रदीपले लभस्टोरी फिल्म बनाउन माहिर मानिने हेमराज विसी र माटो सुहाउँदो फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा परिचित रामबाबु गुरुङको फिल्म गर्ने पक्का भइसकेको छ । यस्तै, भेट्रान निर्देशक उज्जवल घिमिरे निर्देशित फिल्म 'लभ स्टेशन' पनि गरिसके । 
 
अब उनी फिल्म 'प्रेमगीत ३' मा छेतन गुरुङको एक्सन-कटमा काम गर्दैछन् । अब्बल स्क्रिप्ट राइटरको रुपमा कहलिएका उनी निर्देशित फिल्म 'डमरुको डण्डीबियो' यस वर्ष प्रदर्शनमा आएको थियो । छेतनपछि अभिनेता खड्का एक चर्चित सम्पादकको फिल्म गर्ने तयारीमा छन् । 
 
 
गत वर्ष अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘कृ’ निर्देशन गरेका सुरेन्द्र पौडेलको नयाँ फिल्म उनले गर्न लागेको जानकारी प्राप्त छ । निर्देशक र अभिनेताबीच मौखिक सहमती भने भइसकेको स्रोत बताउँछ । हाल अष्ट्रेलियमा रहेका प्रदीपले नेपाल आएपछि फिल्म साइन गर्ने बताइएको छ । 
 
अष्ट्रेलिया उड्नु अगाडि एकैदिन तीन फिल्म रिजेक्ट गरेका उनले निर्देशक सुरेन्द्र पौडेलको फिल्म गर्ने मनस्थितिमा रहेको बताए । उनी भन्छन्, 'कुरा भएको हो तर साइन भएको छैन । अहिले नै यस विषयमा कुरा गर्दा हतार हुनसक्छ । गरेँ भने पनि हेमराज दाई, रामबाबु दाई र 'प्रेमगीत ३' पछि गर्छु ।' 
 
सम्पादक तथा निर्देशक पौडेलले पनि प्रदीपसँग फिल्मको विषयमा कुरा भएको स्विकार गरे । उनी भन्छन्, 'फोनमा मात्र कुरा भएको छ । भेट भएको छैन । म उहाँसँग काम गर्न इच्छुक हुँ अब उहाँले गर्नुहुन्छ वा गर्नुहुन्न थाहा छैन । उहाँ नेपाल आएपछि बाँकी कुरा हुनेछ ।' 
 
स्रोतका अनुसार, निर्देशक पौडेल अहिले हेमराज र रामबाबुसँग प्रदीपको सेड्युल मिलाउन कसरत गरिरहका छन् । दुईमध्ये एक निर्देशक फिल्म 'सिफ्ट' गर्न तयार भए निर्देशक पौडेल, प्रदीपलाई लिएर अर्को वर्षको मध्यान्तरसम्म फिल्म निर्माण गर्ने तयारीमा छन् । अब प्रदीप र सुरेन्द्रबीच सहकार्य होला वा नहोला ? यो भने प्रतिक्षाको विषय बनेको छ । 
Most Visited News (monthly)