Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ने भयो ‘चपली हाइट ३’, कलाकार नदोहोरिने

फिल्मीखबर, काठमाण्डौ, 2018/12/23
करीब ५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट’ बक्सअफिसमा सुपरहिट साबित भएको थियो । बोल्ड सिनका कारण फिल्मको चर्को आलोचना भए पनि घरेलु बजारमा फिल्मले राम्रै पैसा छापेको थियो । दुई वर्ष अगाडि फिल्मको दोस्रो पार्ट बन्यो । 
 
आयुष्मान देशराज जोशी र परमिता आरएल राणाले उक्त  फिल्मबाट डेब्यु गरेका थिए । तर, फिल्म बक्सअफिसमा औसत रह्यो । अब यसको तेस्रो सिरिज निर्माण हुने भएको छ । निर्माता अर्जुन कुमार अहिले ‘चपली हाइट ३’ को तयारीमा जुटेका छन् । 
 
 
गत वर्ष 'फाटेको जुत्ता' निर्माण गरेका उनले माघ तेस्रो साताबाट फिल्मको छायांकन सुरु हुने फिल्मीखबरसँग कुराकानी गर्दे जानकारी दिए । पहिलो र दोस्रो श्रृंखलामा नयाँ कलाकार लिएका उनले तेस्रो सिरिजमा भने चलेका कलाकार लिने तयारीमा छन् । 
उनी भन्छन्, 'यसपटक स्टार कलाकार लिँदैछु । को हुन्छन् भन्ने चाहिँ अहिले पक्का भएको छैन ।' यस फिल्मको दुई सिरिजलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । फेरि दोहोरिने सम्भावना छ ? अर्जुन भन्छन्, 'निर्देशन पनि फाइनल भइसकेको छैन ।' 
 
‘चपली हाइट’ ले नेपाली फिल्मको ट्रयाक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । रोनाधोन फिल्मबाट 'मोनोटोनस' भएका दर्शकलाई यो फिल्मले फरक स्वाद पस्किने प्रयत्न गरेको थियो । पहिलो पटक नेपाली फिल्ममा इन्टिमेट सिन समेटिएको फिल्म हो यो । 
Most Visited News (monthly)