Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लभ स्टेशन’ रिलिज पोस्टपोन्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/12/23
सम्भवतः घोषणा गरिएको २४ घण्टामा रिलिज डेट पोस्टपोन्ड हुने पहिलो फिल्मको रेकर्ड फिल्म ‘लभ स्टेशन’ ले बनाएको छ । गएको बुधबार बिहान फिल्मको रिलिज डेट निर्माता गोविन्द शाहीले चैत १ गतेलाई कन्फर्म गरेका थिए । तर, बिहीवार साँझ नै फिल्मको रिलिज पोस्टपोन्ड भएको छ । 
 
उक्त डेटमा क्यूएफएक्सका मालिका नकिम उद्दिनले निर्माण गरेको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ आउने भएपछि ‘लभ स्टेशन’ ब्याक हटेको हो । निर्माता शाहीले भने फिल्मको रिलिज डेट पोस्टपोन्ड भएको विषयमा बोल्न चाहेनन् । भन्छन्, ‘केही दिन प्रतिक्षा गर्नुस् ।’ 
 
 
यो फिल्मको वितरणको जिम्मा पाएका मनोज राठीले भने फिल्म घोषित मितिमा नआउने बताए । उनले फिल्मीखबरसँग कुराकानी गर्दै भने, ‘फिल्म सर्ने त कन्फर्म हो । अहिले नयाँ डेटको विषयमा छलफल भइरहेको छ ।’ स्रोतका अनुसार, फिल्म चैत ८ मा आउने प्रवल सम्भावना छ । 
 
फागु पूर्णिमाको बिदा कब्जा गर्ने रणनीति भएपनि देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सको फिल्म रिलिज हुने भएपछि निर्माता शाही पछाडि हट्न बाध्य भएका हुन् । उनी तत्काल फिल्मको रिलिज पोस्टपोन्ड भएको जानकारी दिँदा सकारात्मक सन्देश प्रवाह नहुने देखेर मौन छन् ।
 
‘लभ स्टेशन’ लाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यो फिल्मको अझै दुई गीत खिच्न बाँकी छ । फिल्ममा युवा स्टार प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ लिड रोलमा छन् । सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म बताइएको यसमा प्रदीप गायकको भूमिकामा छन् । 
Most Visited News (monthly)