Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुभेच्छा र सुपुष्पालाई देखेपछि सुशील ‘तिरिमिरी’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/22
चार दिन सेट खडा गर्न र छ दिन लगाएर खिचिएको फिल्म ‘रणवीर’ को पहिलो गीत सार्वजनिक भएको छ । शनिबार राजधानीमा निर्माण टिमले एक कार्यक्रम आयोजना गर्दै राजनराज सिवाकोटीको संगीतमा रहेको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीत सार्वजनिक गरेको हो । 
 
गीतमा राजनराजलाई गायनमा गायिका अञ्जु पन्तले साथ दिएकी छन् । शब्द पनि गायक सिवाकोटी स्वयंको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका लिड कलाकार शुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिचर्ड छन् । करीब २५ लाख खर्चिएर गीत खिचिएको निर्माताको भनाइ छ । 
 
 
गीतको भिडियो बाबु श्रेष्ठले खिचेका हुन् । निर्माता द्वय गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले सार्वजनिक गीतले फिल्मको हाइप निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । यो फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।
 
फिल्ममा प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । करीब दुई करोडको लगानीमा फिल्म निर्माण भएको बताइएको छ । 
 
गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता सुशीलले फिल्मका लागि शरीर बनाउन निकै मिहिनेत गरेको बताए । उनी भन्छन्, 'फिल्मको लागि मैले कति मिहिनेत गरें शब्दमा व्यक्त गर्न सक्दिनँ । फिल्मकै लागि भनेर ७० केजीबाट मैले १५ किलो तौल बढाएर ८५ केजी तुल्याएको थिएँ ।' 
 
अभिनेत्री द्वय शुभेच्छा र सुपुष्पाको यो डेब्यु फिल्म हो । दुवै ‘रणवीर’ लाई लिएर उत्साहित देखिए । एक्सन ड्रामा फिल्मले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ । यो फिल्म माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो मितिमा ‘गोपी’ र ‘सयकडा दश’ पनि प्रदर्शनमा आउँदैछ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)