Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जिरो’ को फर्स्ट डे कलेक्सन २० करोड

एजेन्सी, मुम्बई, 2018/12/22
 
शाहरुख खानको मोस्ट अवेटेड फिल्म ‘जिरो’ शुक्रवारबाट सिनेमा घरमा रिलिज भएको छ । यो फिल्मले पहिलो दिन जति अपेक्षा गरिएको थियो त्यति कमाई गर्न असफल भएको छ । रिलिजभन्दा अगाडि फिल्मलाई लिएर निकै बज क्रिएट भएको थियो । कारण, यो फिल्ममा शाहरुख एक पुट्केको भूमिकामा देखिँदै थिए ।  
 
फिल्मलाई समीक्षकले खासै रुचाएका छैनन् । ४ हजार ३ सय ८० स्क्रिनमा एकसाथ रिलिज भएको फिल्मले पहिलो दिन मात्र २० करोड १४ लाख कमाएको छ । अनुष्का शर्मा र कटरीना कैफको पनि प्रमुख अभिनय रहेको फिल्मलाई अब विकेन्ड र क्रिसमसको छुट्टीमा फाइदा मिल्न सक्ने ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन् । 
 
भारतीय मिडियाका अनुसार, उक्त फिल्म फर्स्ट डे कलेक्सनको मामलामा ७ औं नम्बरमा आउँछ । हालै रिलिज भएको '२.०' को हिन्दी भर्सनले पनि पहिलो दिन २० करोड २५ लाख कमाएको थियो । ‘जिरो’ २ सय करोडमा बनेको फिल्म हो । स्क्रिन सर्वाधिक मिले पनि पहिलो दिन फिल्मले राम्रो परफर्म गर्न चुकेको छ । 
 
‘जिरो’ लाई आनन्द एल रायले निर्देशन गरेका हुन् । यो फिल्म यसकारणले पनि चर्चामा थियो, किनकी यसको एक गीतमा बलिउड सुपरस्टार सलमान खान र शाहरुख दुवै देखिएका थिए । गीतलाई निकै रुचाइएको छ । स्वर्गीय अभिनेत्री श्रीदेवीको एक झलक पनि यस फिल्ममा छ । फिल्ममा धेरै स्टार्स स्पेशल अपियरेन्समा छन् । 
Most Visited News (monthly)