Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोबी २’ को तयारीमा कविता र उमेश ?

फिल्मीखबर, काठमाण्डौ, 2018/12/21
यस वर्षको असार २९ गते प्रदर्शनमा आएको रियल जोडीको रियल कथामा निर्माण भएको फिल्म ‘बोबी’ ले घरेलु बजारमा राम्रै पैसा छाप्यो । इनिसियल बक्सअफिस कलेक्सन कमजोर भएपनि राम्रो 'वर्ड अफ माउथ' का कारण फिल्मले प्रदर्शनको दोस्रो साताबाट 'पिकअप' लिएको थियो । 
 
यो फिल्म उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्माण भएको थियो । फिल्ममा दुई नै लिड अभिनयमा थिए । हाल 'वीरविक्रम २' को छायांकनमा व्यस्त निर्देशक मिलन चाम्सले निर्माण र निर्देशन गरेका थिए । यो फिल्मको अहिले विदेशमा राम्रो डिमान्ड छ । 
 
नर्वेमा बसोबास गर्दै आएका कविता र उमेश छोरासहित हालै नेपाल आएका छन् । सुटुक्क नेपाल आएका उनीहरु मुक्तिनाथ दर्शन गरेर बिहीवार राजधानी फिरेका छन् । मुक्तिनाथको दर्शनसँगै यो जोडीले मुस्ताङमा छायांकन भइरहेको 'वीरविक्रम २' को सेटमा पुगेर निर्देशक चाम्ससँग पनि भेट गरेका छन् । 
 
 
कविता र उमेश अकास्मात नेपाल आउनुको कारण निर्देशक चाम्ससँग सिक्वेल निर्माणको विषयमा छलफल गर्न रहेको स्रोत बताउँछ । भेटमा अर्को वर्षभित्र छायांकन सुरु गर्न ‘बोबी’ जोडीले निर्देशन चाम्सलाई आग्रह गरेको बुझिएको छ । सिक्वेल बने उमेशको सफलता र संघर्षको कथामा निर्माण हुने यसअघि नै निर्देशक चाम्सले बताएका थिए । 
 
‘बोबी’ को सिक्वेलका लागि नेपाल आउनुभएको हो ? मुक्तिनाथ दर्शन गरेर राजधानी फर्किँदै गरेकी कवितालाई फिल्मीखबरले प्रश्न गर्‍यो । उनी फिल्मको विषयमा बोल्न चाहिनन् । बिदामा पारिवारिक भेटघाटका लागि आएको भन्दै उनले कुरा मोडिन् । 'यदी फिल्म बनाउने भयौँ भने खबर गर्छौँ', उनले भनिन् । 
 
निर्देशक चाम्सलाई भेट्नुको कारण बारे उनी भन्छिन्, 'उहाँ निर्देशक मात्र नभएर मेरो दाई पनि हुनुहुन्छ । उहाँलाई भेट्न मलाई कुनै कारण चाहिँदैन ।' त्यसो भए ‘बोबी’ को सिक्वेलका लागि नेपाल आउनु भएको होइन ? फिल्मीखबरको अर्को प्रश्नमा उनले हाँस्दै भनिन्, 'म होइन पनि भन्दिनँ र हो पनि भन्दिनँ ।' 
 
उनले सोझो भाषा अर्थात् हो वा होइनमा जवाफ दिन नसक्नुले नै स्पष्ट हुन्छ कि कविता र उमेश ‘बोबी’ को सिक्वेल निर्माणकै लागि नेपाल आएका हुन् । अब यसबारे निर्माण टिमबाट औपचारिक जानकारीको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । दर्शक भने कविता र उमेशलाई पुनः पर्दामा हेर्न व्यग्र प्रतिक्षामा छन् । 
Most Visited News (monthly)