Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चार पोस्टरमा यस्तो देखियो ‘सयकडा दश’

फिल्मीखबर, काठमाण्डौ, 2018/12/21
 
‘प्रेमगीत २’ फेम्ड लेखक तथा निर्देशक रामशरण पाठक निर्देशित फिल्म ‘सयकडा दश’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरु अटाएका छन् । फिल्म लभस्टोरी र कमेडी कथामा निर्माण भएको पोस्टर बोल्छ । 
 
हाँस्यअभिनेता मनोज गजुरेलको डेब्यु फिल्म हो यो । उनीसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको फिल्मलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् । माघ १८ मा फिल्म रिलिज हुँदैछ । 
 
भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा फिल्मले भन्छ । रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । फिल्मले अंग्रेजी नयाँ वर्ष २०१९ छेकोमा थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन थालनी गर्ने जनाएको छ । 
 
फिल्मका रामेश्वर कार्की छायाँकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् । यस फिल्मको ‘दाईलाई कुरा लाइदिनी’ गीत अहिले चर्चामा छ । 
Most Visited News (monthly)