Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमालाई सम्झिएर भावुक भइन् जल (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/20
 
नेपाली फिल्मकी सदावहार अभिनेत्री जल शाह आफ्नी आमा तथा साहित्यकार स्वर्गीय प्रेमा शाहलाई सम्झिएर भावुक भएकी छन् । बिहीवार काठमाडौंमा आमाको प्रथम स्मृती दिवसको अवसरमा आयोजित स्मृति सभामा आमाको तश्बिरमा फूल अर्पण गर्दैगर्दा उनका आँखामा आँसु टिलपिल भएका थिए । 
 
 
छोरी कलश हजुरआमालाई सम्झिएर भक्कानिएपछि जलले पनि आफूलाई सम्हाल्न सकिनन् । उनी कार्यक्रम अवधिभर भावुक मुद्रामा देखिएकी थिइन् । कार्यक्रममा विशिष्ट साहित्यकारहरुको पनि उपस्थिति रहेको थियो । स्मृति सभामा जलकी आमा प्रेमाको जीवन यात्राको एक भिडियो पनि देखाइएको थियो । 
 
 
साहित्यकार प्रेमाको जन्म २००२ मा विरगञ्जमा भएको थियो । उनका ६ बालकथा संग्रह र ३ उपन्यास प्रकाशित छन् । यसका अलावा दर्जनौं लेख–रचना प्रकाशित छन् । यौन मनोविज्ञानमा आधारित ‘पहेँलो गुलाफ’ (कथा संग्रह) र ‘ममी’ उनको चर्चित कृति हो । 
 
 
आमाको प्रथम स्मृति सभामा अभिनेत्री जल शाह पहिलो पटक छोरी र श्रीमान शरदकुमार रिमालसँग उपस्थित भएकी थिइन् । काँचको पर्दाबाट टाढा भएपछि निकै मोटाएकी उनको एक महिना नेपाल बस्ने तयारी छ । आमाको स्मृति दिवसमा उनले फिल्मसँग सम्बन्धित केही कुरा गर्न चाहिनन् । 
 
 
आफ्नी आमा प्रेमाको चाहनाअनुसार यादव खरेलको फिल्म ‘श्री स्वस्थानी’ बाट उनी नेपाली रजतपटमा प्रस्तुत भएकी थिइन् । नायिकाका रूपमा उनले आफ्नो फिल्म यात्रा ‘अवतार’ फिल्मबाट सुरु गरेकी थिइन् । उनका 'पराइ घर', 'शंकर', 'ठूल्दाई' लगायत हिट फिल्मको सूचीमा सुचिकृत छन् । 
Most Visited News (monthly)