Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६० करोडका मालिका हुन् सोहेल

एजेन्सी, मुम्बई, 2018/12/20
 
बलिउडमा खान ब्रदर्स निकै चर्चा छन् । सलमान खानको कान्छा भाई सोहेल बिहीवार आफ्नो ४९औं बर्थडे सेलिब्रेट गर्दैछन् । उनले हालैमा मुम्बईको पाली हिल क्षेत्रमा नयाँ घर किनेका छन् । १५ डिसेम्बरमा छोरा निर्वाण खानको बर्थडे नयाँ घरमा मनाइएको थियो । 
 
२०१७ सम्म सोहेलको कुल सम्पत्ति ६० करोड रुपैयाँ थियो । उनी अभिनेता, निर्देशक तथा निर्माता हुन् । उनले निर्देशनको रुपमा आफ्नो फिल्म करिअर सुरु गरेका थिए । उनको पहिलो फिल्म प्यार किया तो डरना क्या १९९७ मा आएको थियो । उनी तीन भाईमा सबैभन्दा कान्छा हुन् । 
 
सोहलेको प्रोफेसनल लाइफ जति टफ रहेको थियो उनको लभ लाइफ पनि निकै कठिन रह्यो । खबरलाई आधार मान्ने हो भने सीमाको परिवार उनको र सीमाको विवाहका लागि तयार थिएन । यसकारण दुवैले आर्य समाज मन्दिरमा गएर विवाह गरेका थिए, जसपछि सोहेलका परिवार पनि रुष्ट भएका थिए । 
 
सीमा र सोहेलका दुई छोरा छन् निर्वान खान र योहान खान । पछिल्लो समय सोहेल र सीमाले मिलेर एक इन्टरटेन्मेन्ट कम्पनी चलाउँछन् र सीमाको कयौं विजनेश पनि छन । सलमान र सोहेलको कुरा गर्ने हो भने बलिउडमा यी दुईले कयौं फिल्ममा सँगै काम गरिसकेका छन् । 
Most Visited News (monthly)