Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निगम प्रवक्तामा कलाकार विजय लामा नियुक्त

फिल्मीखबर, काठमाण्डौ, 2018/12/20
 
कलाकार तथा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामा निगमको प्रवक्तामा नियुक्त भएका छन् । निगमले मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । 
 
बुधबारबाट उनले पाइलटसँगै प्रवक्ताको जिम्मेवारी समेत लिएका छन् । पछिल्लो समय उनी निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका जहाज उडाइरहेका छन् । झण्डै तीन दशकदेखि उनी निगममा पाइलटको रुपमा कार्यरत छन् । 
 
नेपाली र हलिउड फिल्ममा समेत अभिनय गरिसकेका क्याप्टेन लामाले निगममा भएका समस्याहरुलाई समाधान गर्दै राष्ट्र र राष्ट्रियताको पहिचानलाई विश्वसामु अझ बढी परिचित गराउन भूमिका खेल्ने बताएका छन् । 
 
उनले लगभग एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी अभिनीत पछिल्लो रिलिज फिल्म 'इन्टु मिन्टु लण्डनमा' हो । 'बोबी', 'षडङग', 'राँको', 'अझै पनि' लगायतका फिल्ममा उनको अभिनय छ । उनले नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ मा पनि अभिनय गरेका थिए । 
Most Visited News (monthly)