Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘गोपी’ ट्रेलर रिलिज, विपिन गोठालो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/19
 
भर्सटायल अभिनेताको रुपमा आफूलाई स्थापित गर्न सफल विपिन कार्की स्टारर फिल्म ‘गोपी’ को अफिसियल ट्रेलर युट्युबमार्फत् वर्ल्डवाइड रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बुधबार राजधानीको सिटी सेन्टरमा अवस्थित विग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार देखाएर 'कन्टेन्ट यूक्त' ट्रेलर सार्वजनिक गरेको हो । 
 
सार्वजनिक ट्रेलरमार्फत् फिल्मको मूलकथा प्रस्ट्याउन खोजिएको छ । एक शिक्षित युवक विदेश मोह त्यागेर गाउँमा नीजि गाई पालन व्यवसाय गर्दा आइपर्ने उतारचढावलाई ट्रेलरमा देखाइएको छ । अभिनेता विपिन गाई पालकको भूमिकामा छन् । उनको गोपिनीको रुपमा अभिनेत्री द्वय बर्षा राउत र सुरक्षा पन्त छन् । सुरक्षा प्रेमिका र बर्षा भेटनरी डाक्टरको भूमिकामा छन् । 
 
 
माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मले स्वदेशमै व्यवसाय गरेर बसेका युवाहरुलाई प्रोसाहन गर्ने निर्देशक दीपेन्द्र लामाले बताए । यसअघि 'घामपानी' को कमाण्ड सम्हालेका उनले उक्त फिल्म गाई पाल्नेहरुले भन्दा नपाल्ने युवाहरुले हेर्न आवश्यक रहेको औंल्याउँछन् । भन्छन्, 'समाज भित्रकै पात्रको कथा फिल्मले भन्छ ।' 
 
फिल्मले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्ने निर्देशक लामाले बताए । आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । 
 
 
सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त फिल्मलाई शैलेन्द्र डि. कार्किले खिचेका हुन् । कोरियोग्राफरको रुपमा गोविन्द राई छन् । अन्तिम समयमा अभिनेता खगेन्द्र लामिछानेले फिल्मबाट हात झिकेपछि उनको ठाउँमा अभिनेता विपिन भित्रिएका थिए । उनी छोटो समयमा फिल्म गर्नु परेता पनि आफ्नो तर्फबाट 'बेस्ट' दिने प्रयास गरेको बताए । 
 
 
यस्तै, अभिनेत्री बर्षाले ‘गोपी’ आफ्नो लागि विशेष रहेको बताइन् । भन्छिन्, 'मलाई स्क्रिप्ट निकै मन परेर गरेको हुँ । विश्वास छ दर्शकलाई पनि फिल्मले निराश बनाउने छैन ।' अर्की अभिनेत्री सुरक्षा भने ‘गोपी’ जस्तो फिल्म गर्न हरेक कलाकारलाई लोभ लाग्ने बताइन् । 'मौलिक कथा उठाएको फिल्म गर्न म त झनै लोभी छु', उनले भनिन् ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)