Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण गरिनँ ‘देवदास’ : गोविन्दा

एजेन्सी, मुम्बई, 2018/12/19
बलिउड अभिनेता गोविन्दा, पहलाज निहलानीको फिल्म 'रंगीला राजा' बाट एकपटक फेरि पर्दामा देखिँदैछन् । फिल्ममा उनले डबल रोल प्ले गरेका छन् । कुनै समय दुई हप्तामा ४९ फिल्म साइन गरेका उनी आज आफ्नो फिल्मी करिअर पुनर्जीवित गर्न संघर्षरत भए पनि एक जमानामा उनले 'ताल' र 'देवदास' जस्ता फिल्म पनि छाडेका थिए ।  
 
'आज तक' सँग कुराकानीको क्रममा उनले शाहरुख खानको फिल्म ‘देवदास’ छाडेको विषयमा भने, 'मलाई लाग्यो कि यो फिल्म मेरो लागि होइन । ‘देवदास’ मा चुन्नीलालको रोलको जब मलाई अफर भएको थियो तब मैले कास्टिङ डायरेक्टरसँग सोधेको थिएँ कि के ममा तपाई त्यो चुन्नीलाल देख्नुहुन्छ, जो शराब पिलाएर कसैलाई मारिदिन्छ ?'
 
 
'कास्टिङ डायरेक्टरले 'नाइँ देख्दिनँ' भनेपछि मैले ‘देवदास’ छाडेँ', उनले भने । शाहरुख खानको ‘देवदास’ मा चुन्नीलालको भूमिका ज्याकी श्राफले गरेका थिए ।  जबकि 'ताल' मा अनिल कपूरले निभाएको भूमिका गोविन्दालाई अफर गरिएको थियो । उनको नयाँ फिल्म 'रंगीला राजा' अर्को वर्षको ११ जनवरीमा रिलिज हुँदैछ । 
 
गोविन्दा आफ्नो डान्स सिक्रेट बारे पनि भन्छन्, 'जसले नबोली धेरै कुरा भन्छ त्यही गोविन्दाको डान्स हो । गुरु लच्छू जी महाराजले मलाई भन्नुभएको थियो- गोविन्दा जब तँ डान्स गर्छस् तब यस्तो नलागोस् कि तँ डान्स गर्नका लागि डान्स गर्दैछस् । उहाँले मलाई नबोली कुरा गर्ने तरिका सम्झाउँदै तबलाको बोल सुनाउनुभयो ।'
 
उनलाई गुरुले सम्झाएका थिए कि जसले देखाउनका लागि नभइ आफ्नो लागि डान्स गर्छ त्यो डान्स हो । गोविन्दा भन्छन्, 'जब कसैले पूराको पूरा ९ रस प्रस्तुत गर्छ भने त्यो कलाकारले कलाभन्दा अगाडि बढेर केही प्रदान गर्न सक्छ । जसले मस्तीमा डान्स गर्छन् भने उनीहरु वास्तवमा नबोली नै कुरा गरिरहेका हुन्छन् ।'
Most Visited News (monthly)