Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि एउटै डेटमा प्रियंकाका दुई फिल्म

फिल्मीखबर, काठमाडौं, 2018/12/19
'लेडी राजेश हमाल' को ट्याग पाएकी प्रियंका कार्की वर्षमा सबैभन्दा धेरै फिल्म गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् । लिड रोल त छाड्दिनन् नै आइटम डान्स र केमियो रोल पनि उनले हातबाट उम्काउँदिनन् । रिलिज नै भएनन् भन्दा पनि वर्षमा उनका सरदर आधा दर्जन बढी फिल्म रिलिज हुँदै आएका छन् । 
 
अभिनेत्री रेखा थापापछि नायिकाको स्टारडमको भ्याकुम प्रियंकाले पूरा गर्ने धेरैको विश्वास थियो । तर, गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिँदा उनले बाँकी रहेको क्रेज पनि चौपट बनाइरहेकी छन् । कुनै दिन उनलाई फिल्ममा लिन मरिहत्ते गर्ने निर्माता/निर्देशक अचेल उनको नाम लिँदा नै नाक खुम्च्याउन थालेका छन् । 
 
 
अन्धाधुन्ध फिल्म गर्ने बानीले अहिले उनका फिल्म एकै मितिमा समेत जुध्ने अवस्था सृजना भइरहेको छ । यस वर्ष उनका दुई फिल्म 'ह्याप्पी डेज' र 'कोहलपुर एक्सप्रेस' एकसाथ प्रदर्शनमा आएका थिए । यसको निरन्तरता अर्को वर्ष पनि हुने देखिएको छ । अर्को वर्षको बैशाखमा उनका दुई फिल्म एकसाथ रिलिज हुने पक्का भएको छ । 
 
रिलिज पोस्टपोन्ड नभएको खण्डमा २०७६ को बैशाख १३ गते उनको लिड अभिनय रहेको दुई फिल्म 'दाल भात तरकारी' र 'प्रेम दिवस' एकसाथ प्रदर्शनमा आउनेछन् । मंगलबार मात्र 'प्रेम दिवस' निर्माताले उक्त डेटमा फिल्म हालेका हुन् । यसमा उनले रियल प्रेमी आयुष्मान देशराज जोशीसँग स्क्रिन साझेदारी गरेकी छन् । 
 
दुई फिल्म जुध्दा सम्बन्धित निर्मातालाई त घाटा हुन्छ नै सबैभन्दा ठूलो घाटा अभिनेत्री प्रियंकालाई हुनेछ । आफ्नै दुई फिल्म एउटै डेटमा रिलिज हुँदा उनको बचेखुचेको साख पनि ध्वस्त नहोला भन्न सकिन्न । तर, उनलाई यो कुरामा कुनै चिन्ता होला र ? यस वर्ष पनि जुधेकै हो, फेरि जुध्दा के हुन्छ भन्ने त सोचेकी छैनन् ? 
 
म्युजिकल लभस्टोरी कथामा निर्माण भएको ‘प्रेमदिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । सञ्जय न्यौपानेको लगानी रहेको यस फिल्मबाट बिशाल खरेलले डेब्यु गरेका छन् । फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाज, मानकृष्ण महर्जनको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।
Most Visited News (monthly)