Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.00/5.00)
Text size:-
+
-

प्रदीप र जसिताको ‘लभ स्टेशन’ रिलिज कन्फर्म

फिल्मीखबर, काठमाण्डौ, 2018/12/19
युवा स्टार प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको लिड अभिनय रहेको फिल्म ‘लभ स्टेशन’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चैत ६ (पहाडी) र चैत ७ (तराई) गते पर्ने फागु पुर्णिमाको सार्वजनिक बिदा कब्जा गर्न फिल्म चैत १ गतेबाट प्रदर्शनमा आउने तय भएको निर्माता गोविन्द शाहीले बताए । 
 
अभिनेता प्रदीपका फिल्म प्रायः बिदा हेरेर मात्र प्रदर्शनमा आउने गरेका छन् । गत वर्ष 'लिलिबिली' नयाँ वर्षको छेकोमा रिलिज भएको थियो भने 'रोज' यस वर्षको तिजको संघारमा प्रदर्शनमा आएको थियो । अब यसपटक उनी फागुको बिदामा दर्शक भेट्ने भएका छन् । 
 
 
'लिलिबिली' मा निकै रुचाइएको जोडीको दोस्रो सहकार्य भएका कारण ‘लभ स्टेशन’ को दर्शकमा व्यग्र प्रतिक्षा छ । फिल्ममा भेट्रान निर्देशक उज्जवल घिमिरेको एक्सन-कट छ । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इमाल र काठमाडौंमा फिल्मको छायांकन गरिएको छ । फिल्मको अझै दुई गीत खिच्न बाँकी छ । 
 
अभिनेता खड्का फिल्ममा गायकको भूमिकामा छन् । ‘लभ स्टेशन’ लाई सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म बताइएको छ । फिल्मभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याए । काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले फिल्म निर्माण गरेका हुन् । 
 
रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको पनि फिल्ममा अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । 
Most Visited News (monthly)