Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

दयाहाङ भन्छन्, ‘मैले सक्ने कथा भेटे फिल्म निर्देशन गर्छु’

फिल्मीखबर, काठमाण्डौ, 2018/12/18
अभिनेता दयाहाङ राई गत वर्षसम्म महिनैपिच्छे पर्दामा देखिरहे । केही फिल्म राम्रै पनि चले भने केहीले निर्माताको विल्लीबाठ बनायो । हातमा आएका फिल्म कुनै नछोड्दा उनी पैसामुखी भएको आरोपबाट पनि खेदिरहेका छन् । यसबाट अझै उनले छुटकारा पाउने छाँटकाट देखिएको छैन । 
 
 
भूमिका दमदार भन्दा पनि हातमा आएका फिल्म छाडे पाप लाग्ने सोचाइले उनको करिअर अहिले न यता न उताको स्थितिमा छ । यही कारण उनको स्टारडम विस्तारै कमजोर हुँदै गएको छ । उनले यस वर्षबाट फिल्मको संख्यामा कमी गर्ने पटक-पटक बोलेका थिए । तर, त्यो उनको बोलीमा मात्रै सीमित देखिएको छ ।
 
'साइँली', 'जात्रै जात्रा', 'आप्पा', 'दयारानी', 'निरफूल' उनका प्रदर्शनमा आउन बाँकी फिल्म हुन् भने उनले नयाँ चार फिल्म साइन गरिसकेका छन् । यसरी हेर्दा यस वर्ष र अर्को वर्ष उनका फिल्म हलमा लगातार आइरहनेछन् । पछिल्लो फिल्म 'भैर' पछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । यस वर्ष उनको 'साइँली' र 'जात्रै जात्रा' रिलिज हुँदैछ । 
 
 
दर्जन बढी नाटक निर्देशन गरिसकेका उनले फिल्म निर्देशन गर्ने कुरा चल्न थालेको पनि लामै समय भइसकेको छ । तर, उनले सही समय र सोचे जस्तो कथा भेटेपछि मात्र फिल्म निर्देशन गर्ने बताउँदै आएका छन् । अब भने उनी आफैंले लेखेको कथामा फिल्म निर्देशन गर्ने तयारीमा रहेको बताइएको छ । 
 
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, निर्माता राजकुमार राईसँग सहकार्य गरेर उनले फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । यस विषयमा फिल्म 'दयारानी' को कार्यक्रममा दयाहाङले भने, 'फिल्म निर्देशन त गर्छु तर कहिले गर्छु मलाई नै थाहा छैन ।' उनले राजकुमार राईसँग मिलेर फिल्म बनाउन लागेको कुरा भने खोल्न चाहेनन् । 
 
 
उनी आफूलाई पहिलादेखि नै कलाकारभन्दा निर्देशक बन्ने सोच रहेको बताउँछन् । उनी थप्छन्, 'सायद ममा निर्देशकभन्दा कलाकार बन्ने क्षमता रहेछ कि भन्ने लाग्छ । तर, मलाई बेला बेलामा निर्देशन गर्छु भन्ने मनमा हुटहुटी भइरहन्छ । मैले निर्देशन गर्न सक्ने कथा भेटेँ भने पक्कै गर्छु ।'
Most Visited News (monthly)