Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मणिकर्ण‍िका’ ट्रेलरः अंग्रेजसँग कंगनाको महासंग्राम

एजेन्सी, मुम्बई, 2018/12/18
 
बलिउड क्विन कंगना रनौटको ड्रिम प्रोजेक्ट फिल्म 'मणिकर्ण‍िका : द क्विन अफ झाँसी' को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । तीन मिनेट उन्नाइस सेमेण्डमा कंगना, भव्य अवतारमा देखिएकी छन् । फिल्ममा उनले झाँसीकी रानीको भूमिका निभाएकी छन् । 
 
'मणिकर्णिका' कंगनाको करिअरको दोस्रो पिरियड फिल्म हो । फिल्मको ट्रेलरमा उनलाई अंग्रेज विरूद्ध लड्दै गरेको देख्न सकिन्छ । झाँसीकी रानीको गेटअपमा उनको लुक निकै सानदार देखिएको छ । पहिलो पटक उनले लडाकु योद्धाको भूमिका निभाएकी हुन् । 
 
उनले यसमा आफ्नो भूमिका रियल देखाउनका लागि कडा मिहिनेत गरेकी छन् । फिल्ममा ड्यानी, अंकिता लोखण्डे, सुरेश ओबेराय, कुलभूषण खरबन्दा लिड अभिनयमा छन् । यो फिल्म निर्माणको बेलादेखि नै चर्चामा थियो । फिल्म लामो समयदेखि विवादमा पनि रहेको थियो । 
 
यस फिल्मका निर्देशक कृष जगारला मुन्डीले फिल्म बीचमा नै छाडेका थिए । यसपछि कंगना रनौटले ४५ दिनको सेड्युलमा फिल्मको केही भागको निर्देशन आफैंले गरेकी थिइन् । फिल्मका निर्माता कमल जेनका अनुसार, कंगनाले फिल्मको ७० प्रतिशत आफैंले निर्देशन गरेकी हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)