Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दयारानी’ मा दयाहाङ र दीया श्रीमान्–श्रीमती

फिल्मीखबर, काठमाण्डौ, 2018/12/18
कलाकार तथा निर्माता माओत्से गुरुङले नेपाली फिल्म निर्देशनमा डेब्यु गरेको फिल्म ‘दयारानी’ को फस्टुलक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले अर्को वर्षको जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । 
 
 
फस्टलुक पोस्टरमा अभिनेता दयाहाङ राई रोमान्टिक अन्दाजमा देखिएका छन् भने अभिनेत्री दीया पुनलाई लजालु र दयालु स्वभावकी यूवतीको रुपमा चित्रण गरिएको छ । यसअघि यो कपलले 'वीरविक्रम', 'ह्याप्पी डेट', 'मिस्टर झोले' फिल्ममा काम गरिसकेका छन् । 
 
 
अभिनेता दयाहाङले आफ्नो नामसँग मिल्ने भएर ‘दयारानी’ नाम नराखिएको बताए । उनी भन्छन्, 'फिल्मको कथाअनुसार नाम जुराइएको हो । मेरो नामसँग फिल्मको टाइटलको कुनै सम्बन्ध छैन ।' निर्देशक माओत्सेका अनुसार, एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा फिल्मले भन्नेछ । 
 
 
निर्देशक भन्छन्, 'दयाहाङको नामसँग मिल्ने भएर फिल्मको नाम ‘दयारानी’ राखिएको होइन । गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको छ ।' सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । 
 
 
फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ भने रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।
Most Visited News (monthly)