Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्ममा मलाई खुसी नै मिल्दैन : श्रृंखला खतिवडा

फिल्मीखबर, काठमाण्डौ, 2018/12/18
 
मिस नेपाल र नेपाली फिल्मबीच बर्षौदेखि गहिरो सम्बन्ध छ । कारण, एकाध मिस नेपाल बाहेक अधिकांशले नेपाली फिल्ममा नै आफूलाई सक्रिय बनाएका छन् । रुबी राणादेखि पछिल्लो वर्ष मिस नेपालको ताज पहिरिएकी निकिता चाण्डकसम्मले करिअर अगाडि बढाउने हतियारको रुपमा फिल्म नै रोजे । 
 
तर, मिस नेपाल विजेताको इतिहास पल्टाउने हो भने उनीहरुको फिल्म यात्रा खासै सुखद रहन सकेको छैन । मेलिना मानन्धर, सृष्टि श्रेष्ठ, सुमी श्रेष्ठ यसका ज्वलन्त उदाहरण हुन् । उनीहरु अभिनेत्रीको रुपमा स्थापित हुन अझै संघर्षरत छन् । केही मिस नेपाल त फिल्ममा स्थापित हुन नसकेर पलायन समेत भइसकेका छन् । 
 
मिस नेपालको ताज पहिरिएका अधिकांशको पहिलो रोजाइ फिल्म हुने गरेको देखिएता पनि २०१८ की मिस नेपाल श्रृंखला खतिवडालाई भने यसप्रति कुनै रुची छैन । हालै मिस वल्र्डमा टप १२ सम्मको यात्रा पूरा गरेर बाहिरिएकी उनी आफूलाई फिल्ममा खुसी नै नमिल्ने बताउँछिन् । 
 
 
आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी उनले आफूले अध्ययन गरेको विषयमा नै करिअर अगाडि बढाउने बताएकी छन् । एपीवान एचडीसँग कुराकानीको क्रममा उनले आफूलाई अभिनेत्री बन्ने रहर नभएको बताइन् । उनी भन्छिन्, 'मैले जुन विषयमा अध्ययन गरेको छु त्यही फिल्डमा काम गर्न चाहन्छु ।' 
 
उनी फिल्म गर्ने कुरालाई निषेध गर्दै भन्छिन्, 'मेरै लाइफको स्टोरीमा ५० वर्षपछि फिल्म बन्यो भने गेस्ट रोल गर्छु होला नभए अभिनेत्रीकै रुपमा चाहिँ म आउँदिनँ । मलाई क्यामेरा अगाडि बसेर खुसी नै मिल्दैन भने म त्यो गर्दै गर्दिनँ । हामीलाई जेमा खुसी लाग्छ त्यही गर्नु पर्छ ।'