Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रभासको ‘साहो’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/12/18
 
‘बाहुबली’ पछि साउथका सुपरस्‍टार प्रभास आफ्नो मोस्ट अवेटेड फिल्म ‘साहो’ बाट धमका मच्चाउँदैछन् । 'बाहुबली' पछि उनी संसारभर निकै प्रख्यात भएका छन् । यसबीच फिल्म ‘साहो’ को प्रतिक्षा गरिरहेका उनका फ्यानका लागि एक खुसीको खबर बाहिर आएको छ । 
 
खासमा, फिल्मको रिलिज डेट घोषणा भएको छ । फिल्म समीक्षक तरण आदर्शले एक ट्विटमार्फत फिल्म ‘साहो’ अर्को वर्षको १५ अगस्टमा रिलिज हुने जानकारी दिएका छन् । यस फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर, प्रभासको अपोजिटमा देखिएकी छन् । 
 
यो फिल्मको ९० प्रतिशत एक्सन पूरै रियल हो । फिल्मको छायांकनको क्रममा ३७ कार र ५ ट्रक्‍सको टक्कर भएको थियो र ती सबै काम नलाग्ने भएका छन् ।  प्रभासले भनेका छन्, 'दर्शकलाई असली एक्सनको थ्रिल महशुस हुन सकोस् भनेर हामीले फिल्ममा सबैकुरा रियल गर्ने कोशिश गरेका छौँ ।'
 
गएको वर्ष उनको जन्मदिनमा मेकर्सले यस फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए र १ मिनेट २२ सेकेण्डको 'शेड्स अफ साहो' भिडियो शेयर गरिएको थियो । यस फिल्मको निर्देशक सुजीत हुन् । वाम्‍सी निर्मातामा छन् । ‘साहो’ मा नील नितिन मुकेश र मन्दिरा बेदी नेगेटिभ रोलमा छन् । 
Most Visited News (monthly)