Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैतमा नाजिर र शिल्पाको ‘कागजपत्र’

फिल्मीखबर, काठमाण्डौ, 2018/12/17
 
अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्के लिड रोलमा रहेको फिल्म ‘कागजपत्र’ को प्रदर्शन मिति घोषणा गर्दै अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार सार्वजनिक गरेको पोस्टरमा फिल्म चैत ८ मा आउने उल्लेख छ । 
 
पोस्टरमा नाजिर-शिल्पाको जोडीसँगै भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । 
 
फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । 
 
फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । 
Most Visited News (monthly)