Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अनागत’ टिजरमा प्रियंका र अर्पणको अन्तरंग दृश्य

फिल्मीखबर, काठमाण्डौ, 2018/12/17
 
करीब २ वर्ष अगाडि नै छायांकन सकिएको अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर फिल्म ‘अनागत’ को अफिसियल टिजर र प्रदर्शन मिति घोषणा गरिएको छ । माघ ११ गतेलाई रिलिज डेट लक गरिएको फिल्मको टिजरमा श्रीमान्-श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ । 
 
यसअघि फिल्म 'कथा काठमाण्डू' मा इन्टिमेट सिन दिएका कारण आलोचित भएकी अभिनेत्री प्रियंकाले ‘अनागत’ मा अभिनेता अर्पणसँग पनि अन्तरंग दृश्य दिएकी छन् । दुई बीचको इन्टिमेट सिन टिजरमा समावेश गरिएको छ। फिल्ममा दुई श्रीमान्-श्रीमतीको भूमिकामा छन् । 
 
साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । 
 
फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)