फिल्म 'केदारनाथ' बाट डेब्यु गरेकी बलिउड अभिनेता सैफ अलि खानकी छोरी सारा अली खान अहिले निकै चर्चामा छिन् । उनको अभिनयालाई सबैले निकै रुचाएका छन् । आफ्नो अभिनयका कारण उनी फिल्ममेकर्सको पहिलो रोजाइ बन्दै गएकी छन् ।
साराको दोस्रो फिल्म 'सिम्बा' चाँडै प्रदर्शनमा आउँदैछ । दोस्रो फिल्म रिलिज नुहँदै उनलाई तेस्रो फिल्मका लागि अफर आएको छ । भारतीय मिडियाका अनुसार, साजिद नाडियावालाले आफ्नो फिल्म ‘बागी ३’ अप्रोच गरेका छन् ।
.jpg)
साजिदको उक्त फिल्ममा अभिनेता टाइगर श्राफको अपोजिटमा उनी देखिने सक्ने बताइएकोे छ । तर, अहिलेसम्म साराले यो कुराको पुष्टि गरिसकेकी छैनन् । केही दिनमा साजिद ‘बागी ३’ को टिमको घोषणा गर्ने तयारीमा छन् ।
यो 'बागी' फिल्मको सिक्वेल हो । यसको दुई सिरिजले बक्सअफिसमा धूम मच्चाएको थियो । 'बागी' मा टाइगरले अभिनेत्री श्रद्धा कपूरसँग रोमान्स गरेका थिए भने ‘बागी २’ मा दिशा पटानी लिड रोलमा थिइन् । अब तेस्रो भागमा उनले सारासँग रोमान्स गर्ने चर्चा छ ।
साराको दोस्रो फिल्म 'सिम्बा' २८ डिसेम्बरमा रिलिज हुँदैछ । उनको पहिलो फिल्म 'केदारनाथ' लाई दर्शकले निकै रुचाएका छन् । पहिलो फिल्ममा नै दर्शकले उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । अब धेरैलाई उनको दोस्रो फिल्म 'सिम्बा' को प्रतिक्षा छ ।

