Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कन्फर्म : फागुन १७ मा ‘जात्रै जात्रा’ नआउने

फिल्मीखबर, काठमाण्डौ, 2018/12/16
 
अन्ततः दुई वर्ष अगाडि प्रदर्शनमा आएको हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ फागुन १७ गते नआउने भएको छ । अभिनेता विपिन कार्कीको दाहिने खुट्टा भाँचिएपछि फिल्मको छायांकन प्रभावित भएको थियो । अझै एक महिना अभिनेता कार्कीले सुटिङ ज्वाइन गर्न नसक्ने भएपछि उक्त फिल्म पूर्वनिर्धारित मितिमा नआउने भएको हो । 
 
‘प्रदर्शन मिति नजिकिएको छ भनेर हामीले हतारमा काम गर्न चाहेनौँ । फिल्म राम्रो बनाउनका खातिर फागुन १७ मा आउन नसक्ने भएका हौँ’, निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘केही दिनमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौँ ।’ अहिले निर्माता र वितरकबीच नयाँ प्रदर्शन मितिलाई लिएर छलफल भइरहेको छ । 
 
यस फिल्ममा विपिनका अलावा दयाहाङ राई, बर्षा राउत, रबिन्द्र झा, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय छ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहेको फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा छन् । शिवराम श्रेष्ठ छायाँकार हुन् भने मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । यस फिल्मको टिजर सार्वजनिक भइसकेको छ ।  
 
‘जात्रै जात्रा’ सँग अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को भिडन्त टरे पनि उक्त मितिमा जुध्न निर्देशक हेमराज विसीको फिल्म ‘दि ब्रेकअप’ तयार भएको छ । आइतबार निर्माण टिमले फागुन १७ लाई प्रदर्शन मिति घोषणा गरेको छ । यसअघि यो फिल्म पुष २७ मा आउने तय थियो । फागुन १७ आउने फिल्मले २०, २३ र २४ गते सार्वजनिक विदा खान पाउँछ । 
Most Visited News (monthly)