Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

विक्रमको स्वरमा ‘प्रसाद’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/12/15
निःसन्तान दाम्पतीको कथाव्यथा समेटिएको फिल्म ‘प्रसाद’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको सार्वजनिक ‘बरै क्यारी बाँचौंला...’ गीतमा नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको स्वर छ । शब्द तथा संगीत सुवास भुषालको छ ।
 
 
गीतको भिडियोमा फिल्मका दुई लिड कलाकार अर्थात् श्रीमान्-श्रीमतीको भूमिका निभाएका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको निराशा, छटपटी र रोदन देखाउन खोजिएको छ । फिल्ममा उक्त गीत जबरजस्ती लादिएको छैन । कथाको मर्म अनुसार निर्देशकले गीतलाई स्थान दिएका छन् । 
 
प्रदर्शनको एक हप्तामा २ करोड ग्रस विजनेश गरेको फिल्मले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । समीक्षकले यस वर्ष प्रदर्शनमा आएका फिल्ममध्ये यसलाई सर्वोत्कृष्ट भनेका छन् । कलाकारको अभिनय र सरल कथामा उत्कृष्ट प्रस्तुतीका कारण हल पुगेका दर्शक निराश भएर फर्किएका छैनन् । यस फिल्मबाट अभिनेता विपिनप्रति हेर्ने नजर समेत फेरिएको छ । 
 
फिल्मका मेरुदण्ड हुन् उनी । उनले श्रीमानको गम्भीर भूमिकालाई रोमाञ्चक ढंगले निर्वाहा गरेका छन् । अभिनेत्री नम्रताको नक्कली कपाल विर्सने हो भने उनको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन । निःसन्तान पत्नीको भूमिकामा उनी फिट छिन् । यस्तै अभिनेता निश्चल बस्नेतको अभिनयमा 'ग्रोथ' देखिन्छ । उनी फिल्ममा नेगेटिभ रोलमा छन् । 
 
दिनेश राउत निर्देशित ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । फिल्ममा हिमाल केसीको थ्रिल छ ।  
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)