Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘२.०’ को वर्ल्डवाइड कलेक्सन सात सय करोड

एजेन्सी, मुम्बई, 2018/12/15
 
सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘२.०’ ले हरेक दिन नयाँ-नयाँ किर्तिमान रचिरहेको छ । प्रदर्शनको पहिलो हप्तामा नै वर्ल्डवाइड पाँच सय करोडभन्दा बढी कमाई गरेको यो फिल्मले दोस्रो हप्ता पूरा भएसँगै सात सय करोडको आँकडा पनि पार गरेको छ । फिल्म ट्रेडका जानकार विजयबालनले एक ट्वीटद्वारा यो कुराको जानकारी दिएका छन् ।  
 
विजयबालनका अनुसार, फिल्मले पहिलो हप्तामा दुनियाँभरका सिनेमा घरबाट ५ सय २६ करोड ८६ लाख भारतीय रुपैयाँ कमाएको थियो । यसपछि दोस्रो हप्ताको पहिलो दिन फिल्मले २७ करोड ३१ लाख, दोस्रो दिन ३२ करोड ५७ लाख, तेस्रो दिन ३६ करोड ४५ लाख, चौथो दिन ३९ करोड २० लाख, पाँचौं दिन १७ कराड १३ लाख, छैठौं दिन १४ करोड ६६ लाख र सातौं दिन १६ करोड ८० लाख कमाएको छ । 
 
पहिलो र दोस्रो हप्ताको कमाई जोड्ने हो भने फिल्मले विश्वभरबाट कुल ७ सय १० करोड ९८ लाख भारतीय रुपैयाँ छापेको छ । ‘२.०’ ले पहिलो हप्तामा नै प्रभास स्टारर ‘बाहुबली : द बिगिनिंग’ को लाइफटाइम कमाईको रेकर्ड तोडेको थियो । फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, पहिलो हप्ता हिन्दी भर्सनमा फिल्मले १ सय ३९ करोड ७५ लाख कमाएको थियो भने दोस्रो हप्तामा ३८ करोड छापेको छ । 
 
‘२.०’ को हिन्दी भर्सनको कमाई अहिलेसम्म १ सय ७७ करोड ७५ लाख भएको छ । यो फिल्म बिहीवार २९ नोभेम्बरमा रिलिज भएको थियो । यसकारण यसको पहिलो हप्ता आठ दिनको थियो । यो फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् । वर्ष २०१० मा आएको रजनीकान्त र ऐश्वर्या राय बच्चनको सपरहिट फिल्म ‘रोबोट’ को सिक्वेल हो । यो फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा ऐमी ज्याक्सनको पनि अहम् भूमिका छ । 
Most Visited News (monthly)