‘कुटुमा कुटु’ गर्ल स्वस्तिमा खडकाले टेम्पो ड्राईभरको भुमिकामा निर्वाहा गरेको फिल्म ‘बुलबुल’ को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजर निकै फरक शैलीमा तयार पारिएको छ । फिल्मको एक दृश्यजस्तो लाग्ने टिजरमा स्वस्तिमाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ ।
स्वस्तिमासँग दोहोरो संवाद गरिरहेका नव-नायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ । टिजरमार्फत् चरित्र चित्रण र फिल्मको कथावस्तु प्रस्ट्याउन खोजिएको छ । टिजर हेर्दा फिल्ममा केही पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ । यो फिल्म आगामी फागुन ३ गते प्रदर्शनमा आउँदैछ ।
निर्देशक विनोद पोडेल फिल्ममार्फत् स्वस्तिमाको अभिनयमा नयाँ अवतार देखिने दाबी गर्छन् । नायिका खडकाले पनि यस फिल्म आफनो करियरकै कोशेढुंगा हुनेमा ठूलो आशा राखेको बताएकी छन् । अविरल थापाले फिल्म निर्माण गरेका हुन् । ‘बुलबुल’ का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।
फिल्ममा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्मको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।
टिजर हेर्नुहोस् :-

