Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपशिखाले मिस गरिन् मौसमलाई (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/14
 
माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘प्रेमलीला’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । अन्तर्देशीय प्रेमकथा वाचन गर्ने फिल्मको 'मिस गरें...' गीतमा फिल्मका लिड कलाकार दीपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड छन् । युवराज चौलागाई र मेलिना राईको गीतमा आवाज छ । 
 
गीतमा डा. कृष्णहरी बरालको शब्द र हरी लम्सालको संगीत सुन्न सकिन्छ । सार्वजनिक भिडियोमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । यसअघि फिल्मको हिन्दी भर्सनको गीत सार्वजनिक भएको थियो । 
 
दीपशिखा र मौसमसँगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय छ । नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)