Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद’ ले छाप्यो एक हप्तामा २ करोड

फिल्मीखबर, काठमाण्डौ, 2018/12/14
दशैं रिलिज फिल्म ‘छक्का पञ्जा ३’ पछि खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई गत साता प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ ले केही हदसम्म चलायमान बनाएको छ । प्रदर्शनको एक हप्तामा फिल्मले घरेलु बजारबाट २ करोड ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माताबाट प्राप्त छ । लगानी सुरक्षित गर्न भने फिल्म अझै लामो रेसको घोडा बन्नु पर्नेछ । 
 
प्रदर्शनको दुई दिन आक्रामक व्यापार गरेको फिल्मको त्यसयता औसत रह्यो । फिल्मले प्रदर्शनको दुई दिनमा नै एक करोड छापेको थियो । शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन थालेको फिल्मले निःसन्तान दाम्पतीको कथाव्यथा भनेको छ । दर्शक तथा समीक्षकले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
 
 
विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका रहेको फिल्मले दोस्रो हप्तामा पनि मल्टिप्लेक्स र सिंगल 'स्कृन' मा आफ्नो पकड कायमै राखेको छ । दर्शकको 'फ्लो' सुखद रहेका कारण मल्टिप्लेक्सले दोस्रो सातामा पनि उच्च सोज बढेको छ । सिंगल 'स्कृन' पनि प्रयाप्त रहेको वितरक बताउँछन् । 
 
कलाकारको अभिनय र कथावस्तुका कारण फिल्म शक्तिशाली बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । अभिनेता विपिनको अभिनयको सबैभन्दा बढी प्रशंसा भएको छ । 'वर्ड अफ माउथ' सुखद रहेकाले दोस्रो सातामा पनि दर्शकको उल्लेख्य साथ पाउने निर्माण टिमको विश्वास छ । यस फिल्मको सिंगलभन्दा मल्टिप्लेक्सको व्यापार राम्रो छ । 
 
दिनेश राउत निर्देशित फिल्मको कथा सुशील पौडेलले लेखेका हुन् । सुवास थापा निर्माता रहेको फिल्मलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । सुवाष भुषालको संगीत रहेको फिल्ममा हिमाल केसीको थ्रिल छ । 
Most Visited News (monthly)