Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब भुवन केसीले ‘क्याप्टेन’ रिलिज डेट नै विर्सिए !

फिल्मीखबर, काठमाण्डौ, 2018/12/14
फिल्म ‘क्याप्टेन’ नेपाली फिल्म प्रेमीमाझ लामो समयदेखि चर्चामा छ । नयाँ छिमलका सर्वाधिक डिमान्डेड अभिनेता अनमोल केसीको लिड अभिनय रहेका कारण पनि यो फिल्मको शहरिया युवापुस्तामा व्यग्र प्रतिक्षा छ । यसमा उनले एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । 
 
दीवाकर भट्टराई निर्देशित फिल्ममा अनमोलको अपोजिटमा नव-अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । काजल फिल्मस्को ब्यानरमा भुवन केसी निर्माता रहेको यस फिल्मको बिहीवार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक गरिएको थियो । उक्त गीतलाई इन्टरनेटमा दर्शकले निकै रुचाएका छन् । 
 
 
गीत सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा कलाकार, निर्देशक तथा निर्माताको भनाइले यतिबेला सञ्चारमाध्यममा विशेष स्थान पाइरहेको छ । अभिनेता भुवन केसीले फिल्मको रिलिज डेट नै विर्सिएको कुराले स्थान नपाउने त झन् कुरै भएन । उनले आफ्नो भनाइ राख्ने क्रममा फागुन १७ गते प्रदर्शनमा आउने फिल्मको रिलिज डेट फागुन २७ गते बताए । 
 
निर्माताले रिलिज डेट विर्सिएका हुन् वा पोस्टपोन्ड हुने रिलिज डेट घोषणा गरेका हुन् सञ्चारकर्मीबीच कानेखुसी चल्यो । एकछिन त टिमबीच पनि मुखामुख भयो । तर, भुवनले बोली सच्याइहाले । उनले फागुन १७ मा फिल्म रिलिज हुने जानकारी दिए । उनको मुखबाट फागुन २७ फुत्किनुलाई साधारण रुपमा भने हेर्न सकिन्न । 
 
फिल्मको रिलिज डेट मात्र उनले विर्सिएका थिएनन् । ‘रहर छ सँगै...’ गीतमा आवाज भर्ने गायकको नाम पनि विर्सिए । गीतमा अञ्जु पन्त र सुगम पोखरेलको संयुक्त आवाज छ । भुवनले भने आफ्नो फिल्मको गीतमा आवाज भर्ने गायकको नामै भुले । छेवैमा रहेका निर्देशक दीवाकरले बताएपछि उनले सुगमको पूरा नाम लिए । अञ्जुको नाम भने उनलाई स्मरण रहेछ । 
 
निर्माता तथा अभिनेता भुवन ‘क्याप्टेन’ लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । उनी भन्छन्, ‘मैले धेरै फिल्म गरें र बनाएँ । तर, मलाई राष्ट्रले गर्व गर्ने फिल्म बनाउन मन थियो । ‘क्याप्टेन’ तीन करोड नेपालीले गर्व गर्न लायकको फिल्म हो ।’ उनी उक्त फिल्म नेपालका सम्पूर्ण फुटबल प्लेयर्सहरुलाई समर्पित गर्न चाहने बताउँछन् । 
Most Visited News (monthly)