Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(16 votes, avg 4.94/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ गीत पहिलो नम्बरमा

फिल्मीखबर, काठमाण्डौ, 2018/12/14
अभिनेता अनमोल केसीको क्रेजको अब चर्चा गरिरहन उपयुक्त नहोला । लगातार पाँच फिल्मले बक्सअफिसमा मच्चाएको धूमबाट नै उनको क्रेज प्रमाणित भइसकेको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'कृ' पछि पुनः पर्दामा देखिन लागेका उनको नयाँ फिल्म हो ‘क्याप्टेन’, जुन फागुन १७ गते रिलिज हुँदैछ । यसमा उनी फुटबल खेलाडीको भूमिकामा छन् । 
 
 
फिल्ममा उनको अपोजिटमा नव-अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । बिहीवार दिउँसो साढे ३ बजे यस फिल्मको ‘रहर छ सँगै...’ गीत युट्युब रिलिज भएको थियो । अनमोल र उपासना फिचर्ड गीतले अहिले युट्युबमा आक्रामक हिट्स पाइरहेको छ । रिलिजको ८ घण्टामा नै उक्त गीतले नेपालको युट्युब ट्रेन्डिङको शिर्ष स्थान ओगटेको छ । 
 
अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको गीतमाथि यो समाचार तयार पार्दासम्म साढे ३ लाख बढीको नजर परिसकेको छ । २१ हजार लाइक्स पाइसकेको गीतलाई साढे ३ हजार बढी कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले गीतलाई हलिउड/बलिउडसँग तुलना गरेका छन् । अनमोल र उपासनाको केमेस्ट्रीलाई उतिक्कै रुचाइएको छ । 
 
कमल भण्डारीले युट्युबको कमेन्टमा लोकेसनको प्रशंसा गर्दै लेखेका छन्, 'अनमोलको फिल्ममा मलाई सधैं मन पर्ने सिन हो, जुन अनमोलको फिल्ममा पाउँछु । त्यसैले अनमोलको हरेक फिल्म हेर्छु ।' अर्का युट्युब प्रयोगकर्ता मदन गुरुङले गीत हेरेपछि आफ्नो प्रतिक्रिया दिएका छन्, 'आज बल्ल थाहा पाएँ हाम्रो नेपाली चलचित्र जगतले कति ठूलो फड्को मारिसकेको रैछ भनेर ।' 
 
 
गीतलाई नेगेटिभ कमेन्ट निकै न्यून छ । अभिनेता/अभिनेत्रीको केमेस्ट्र्री, छायांकन, लोकेसन, कोरियोग्राफी, गायन, संगीत, शब्दको प्रशंसाले केमेन्ट बक्स भरिएका छन् । गीतले नै फिल्मको हाइप लोभलाग्दो तरिकाले निर्माण गरेको छ । यसको प्रभाव बक्सअफिस कलेक्सनमा देखिने फिल्मी पण्डितहरुको अनुमान छ । गीतमा अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ । 
 
दीवाकर भट्टराई निर्देशित फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका निर्माता भुवन केसी हुन् । कथा सामिप्यराज तिमल्सिनाको हो । उक्त फिल्ममा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)