Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शुभ लभ’ पोस्टरमा कृष्टिनसँग रोमान्टिक हरिहर

फिल्मीखबर, काठमाण्डौ, 2018/12/14
 
युवा ज्योतिष हरिहर अधिकारीले हिरोको रुपमा डेब्यु गरेको फिल्म ‘शुभ लभ’ फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चैत १५ गतेलाई रिलिज डेट लक गरिएको फिल्मको पोस्टरमा नव-अभिनेत्री कृष्टिन पौडेलसँग हरिहरलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । दुईको केमेस्ट्री गजबको देखिएको छ ।
 
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्मलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।
 
‘शुभलभ’ मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।
 
फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
Most Visited News (monthly)