Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘सुश्री सम्पत्ति’ सहित हलमा तीन फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2018/12/14
विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत स्टारर फिल्म ‘प्रसाद’ ले दोस्रो हप्तामा प्रदर्शन थालनी गर्दा शुक्रबारबाट तीन नयाँ नेपाली फिल्मले प्रदर्शन सुरु गरेका छन् । फिल्म हुन्- ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ । तीनै फिल्म फरक-फरक 'सब्जेक्ट' मा निर्माण भएको छ । 
 
कमेडीप्रधान फिल्म ‘सुश्री सम्पत्ति’ लाई सुव्रत आचार्यले निर्देशन गरेका छन् । यसअघि उनले 'अर्धकट्टी' फिल्म निर्देशन गरेका थिए । फिल्ममा सुश्री र सम्पत्तिको पछाडि दौडिँदा दुई युवाको जीवनमा आउने उचारचढावको कथा पेश गरिएको छ । बुधबार राजधानीमा गरिएको स्पेशल शोमा सेलिब्रेटीहरुले फिल्म रुचाएका थिए ।
 
 
'हुकुम बक्सियोस्' बोलको गीतका कारण चर्चामा रहेको यस फिल्ममा सलोन बस्नेत, विनोद न्यौपाने, राजाराम पौडेल, प्रमोद अग्रहरी, विशादर बस्नेत, सारा सिर्पाली, सुनिता श्रेष्ठ ठकुरीको अभिनय छ । अभिनेत्री प्रियंका कार्कीले एक आइटम गीतमा ठुम्का लगाएकी छन् । फिल्ममा अधिकांश पोखराका दृश्य कैद छन् । 
 
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू 'निरवी' र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।
 
यस्तै ‘कथा ७२’ को कथा छोरा र आमाबीच मनोवैज्ञानिक मनमुटावमा आधारित छ । प्रवीण स्याङ्बोको निर्देशनमा बनेको यो फिल्म २०७२ को भुइँचालोले हल्लाइदिएको जिन्दगीमा निर्माण भएको छ । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय रहेको छ ।
 
दुई फिल्मसँग एकसाथ भिडन्त आरम्भ गरेको ‘डोली’ मा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान, संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् । राजबहादुर सानेले फिल्म निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)