Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ गीत रिलिज, अनमोल र उपासनाको गजबको केमेस्ट्री (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/13
दीवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘रहर छ सँगै...’ बोलको रोमान्टिक गीत बिहीवार निर्माण टिमले राजधानीमा रेड कार्पेटसहित एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी र डेब्यु गर्ल उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतले दुईको प्रेमभाव बोल्छ । 
 
 
सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द छ भने गायिका अञ्जु पन्त र गायक सुगम पोखरेलले आवाज भरेका छन् । अनमोल र उपासनालाई करियोग्राफर कविराज गहतराजले नचाएका छन् । मुस्ताङमा खिचिएको गीतमा रोमान्टिक अनमोलको अंगालोमा उपासना बोल्ड देखिएकी छन् । दुईको केमेस्ट्री गजबको देखिएको छ । गीतको मेकिङ रिच छ ।
 
अनमोल-उपासनाको जोडी र मुस्ताङको सुन्दर लोकेसनलाई सुदिप बरालले आकर्षक र कलात्मक ढंगबाट क्यामरामा कैद गरेका छन् । सार्वजनिक गीतले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाएको छ । फुटबलमा भविष्य देखेर संघर्ष गरेको एक युवकको कथा भन्ने फिल्ममा प्रियंका एमभी पनि लिड रोलमा छिन् । उनको पनि यो डेब्यु फिल्म हो । 
 
 
फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका निर्माता भुवन केसी हुन् । गीत सार्वजनिक कार्यक्रममा अभिनेता अनमोलले कहिल्यै फटुबल नखेलेको भए पनि फिल्ममा आफ्नो भूमिकालाई न्यायपूर्वक निभाउन ३ महिना ट्रेनिङ लिएको बताए । 
 
 
‘क्याप्टेन’ को लेखक निर्देशक दीवाकर स्वयं हुन् । कथा सामिप्यराज तिमल्सिनाको हो । उक्त फिल्ममा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । निर्देशक भट्टराईले स्पोर्टस् जनरामा फिल्म बनाउन निकै गाह्रो रहेको बताए । उनले पूर्वाधारको विकास नभइसकेका कारण खेलकुदको विषयमा फिल्म बनाउन कठिनाई भएको उनको बुझाइ छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)