Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुलहा बने कपिल

एजेन्सी, मुम्बई, 2018/12/13
 
कमेडी दुनियाँका बादशाह कपिल शर्मा दुलहा बनेका छन् । बुधवार १२ डिसेम्बरमा उनले आफ्नो लङ टाइम रिलेसनसिपलाई विवाहमा परिणत गरेका हुन् । कपिल र उनकी गर्लफ्रेण्ड गिन्नी चतरथले सात फेरो लिएर सात जन्मका लागि एकअर्काको हात थामेका छन् । 
 
यो पञ्जाबी विवाह गिन्नीको पुर्ख्यौली शहर जालन्धरमा भएको हो । विवाहपछि तुरुन्तै नव विवाहित कपलको सुन्दर तश्बिर बाहिर आएको छ । दुलहाको पहिरनमा कपिल कुनै राजा भन्दा कम देखिएका छैनन् भने गिन्नी पनि कुनै महारानीभन्दा कम देखिएकी छैनन् । 
 
 
कपिलका साथीले सोसल मिडियाबाट विवाह लाइभ गरेका थिए । यसकारण यो विवाहको कयौं भिडियोहरु अहिले कपिलका फ्यानबीच भाइरल भएको छ ।
 
कपिलले आफ्नो यस लाइफ टाइम इभेन्टमा ग्रीन कलरको शेरवानीसँग क्रिम कलरको पगडी लगाएका छन् । साथमा तरवार लिएर उनले आफ्नो विवाह लुक कम्प्लिट गरेका छन् । 
 
 
कपिलको पञ्जाबी विवाहमा सानो पर्दाका कयौं स्टार्स सहभागी भएका थिए । सुमोना चक्रवर्ती, भारती सिंह, हर्ष लिम्बाचिया, कृष्णा अभिषेक, राजीव ठाकुर, आरती सिंह, सुदेश लहरी, चन्दन प्रभाकर र राजीव उपस्थित थिए । कपिलले १४ डिसेम्बरमा आफ्नो होमटाउन अमृतसरमा रिसेप्सन दिँदैछन् । 
Most Visited News (monthly)