Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचलसँग दूरी, शिल्पासँग पूजाको निकटता

फिल्मीखबर, काठमाण्डौ, 2018/12/13
फिल्म क्षेत्रमा अभिनेत्री-अभिनेत्री वा अभिनेता-अभिनेताबीच सुमधुर सम्बन्ध स्थापित हुनु भनेको मरुभूमीमा हरियो विरुवाले जन्म लिनु सरह हो भन्ने गरिन्छ । व्यावसायिक प्रतिस्पर्धाका कारण सम्बन्ध गाँसिएको भए पनि दिगो हुन गाह्रो छ । कहिले मिडियाले दुईबीच दूरी सृजना गरिदिन्छ त कहिले असमझदारी उत्पन हुँदा एकाएक सम्बन्धमा फाटो आउँछ । 
 
बलिउडमा सलमान खान र शाहरुख खानको मित्रतालाई उदाहरणको रुपमा हेर्ने गरिन्छ । उनीहरु एकअर्काको फिल्म प्रचार गर्नेदेखि साथ फिल्म गर्न समेत पछि हट्दैनन् । तर, नेपाली फिल्म क्षेत्रमा प्रतिस्पर्धी अभिनेता वा अभिनेत्री एकअर्कालाई देखे पनि नदेखे झैं हिँडिदिन्छन् । अगाडि हुँदा 'वाहवाही' तर पछाडि हुँदा छुरा रोप्ने कलाकारको यहाँ कमी छैन । 
 
अभिनेताबीच भन्दा अभिनेत्रीबीच बलियो मित्रता स्थापित हुनु असम्भव मानिन्छ । उदाहरणको रुपमा अभिनेत्री पूजा शर्मा र अभिनेत्री आँचल शर्मालाई लिन सकिन्छ । अभिनेता पल शाहसँग काम गरेका यी दुई अभिनेत्रीको लामो समय सम्बन्ध राम्रो नभएको चर्चा चल्यो । तर, केही महिना अगाडि दुवैले एकसाथ अन्तर्वार्ता दिँदै मित्रताको नमुना प्रस्तुत गरे । 
 
 
अहिले उनीहरुबीच 'पानी बाराबार' को स्थिति छ । आँचलले फिल्म 'रामकहानी' रिलिजको बखत पूजालाई लक्षित गरेर एक स्टाटस लेखेपछि दुईबीच दूरी बढेको थियो । यस वर्ष अवार्डमा सहभागी हुने क्रममा जापान उड्दै गर्दा एयरपोर्टमा नै दुईको दुश्मनी छताछुल्ल भएको थियो । अहिले दुई शर्मा एकअर्काको नाम समेत सुन्न चाहँदैनन् । 
 
आँचलसँग सम्बन्ध विग्रिए पनि अभिनेत्री पूजा केही समययता अभिनेत्री शिल्पा पोखरेलसँग नजिकिएकी छन् । केही हप्ता अगाडि पूजाले एक अन्तर्वार्तामा आफूभन्दा अगाडि शिल्पा हिट भएको भन्दै प्रशंसा गरेकी थिइन् । 'तँ तँ र म म' चल्ने उनीहरु अचेल साथ-साथ देखिन थालेका छन् । बुधबार फिल्म 'सुश्री सम्पत्ति' को स्पेशल शोमा पनि दुई साथमै पुगेका थिए । 
 
२ घण्टा अवधिको फिल्म उनीहरुले सँगै बसेर हेरे । साँझ घर निस्कँदा पनि उनीहरु साथमै निस्किए । म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेका दुईको बढ्दो निकटताले दर्शकको मनमा भने शंका जन्मिन थालेको छ- के उनीहरुको सम्बन्ध दिगो होला ? अभिनेत्री-अभिनेत्रीबीच सुमधुर सम्बन्धको खडेरी लागेको अवस्थामा पूजा र शिल्पा अपवाद बन्न सक्लान् ? हेर्न रोचक नै हुनेछ । 
Most Visited News (monthly)