Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ मा गाई पालक विपिन

फिल्मीखबर, काठमाण्डौ, 2018/12/13
'भर्सटायल' अभिनेताको रुपमा आफूलाई स्थापित गर्न सफल अभिनेता विपिन कार्की अहिले फिल्म ‘प्रसाद’ का कारण चर्चामा छन् । निःसन्तान पतिको भूमिका निर्वाहा गरेका उनको अभिनयलाई दर्शक तथा समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । फिल्मले बक्सअफिसमा पनि राम्रै पैसा छापिरहेको छ । 
 
मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा भाँचिएपछि हाल 'बेड रेस्ट' मा रहेका उनको नयाँ फिल्म ‘गोपी’ आउँदो माघ १८ गतेबाट दर्शक भेट्न तयार छ । छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि अभिनेता खगेन्द्र लामाछिने हात झिकेपछि उनले यो फिल्म गरेका थिए । उक्त फिल्मको 'लक्ष्मी कहिले काली' बोलको भजन गीत सार्वजनिक भइसकेको छ । 
 
 
बुधबार निर्माण टिमले नजिकिँदै गएको फिल्मको प्रदर्शन मितिलाई ध्यानमा राखेर चार अफिसियल पोस्टर सार्वजनिक गरेको छ । फिल्मको थिम अनुसार पोस्टर तयार पारिएको छ । पोस्टरमार्फत् अभिनेता विपिनको पेशा प्रस्ट्याउन खोजिएको छ । उनी फिल्ममा स्मार्ट गाई पालक युवकको भूमिकामा रहेको सजिलै बुझ्न सकिन्छ । 
 
चार पोस्टरमध्ये एकमा विपिनसँगै फिल्मका दुई लिड अभिनेत्री बर्षा राउत र सुरक्षा पन्त पनि फिचर्ड छन् । पोस्टर नियाल्दा अभिनेत्री राउत भेटनरी डाक्टर र सुरक्षा प्रेमिकाको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । 'घामपानी' फेम्ड निर्देशक दीपेन्द्र लामाले फिल्म निर्देशन गरेका हुन् । उनी सञ्चारकर्मी पनि हुन् । 
 
फिल्मले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्ने बताइएको छ । आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । 
Most Visited News (monthly)