Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मारुनी’ पोस्टरमा साम्राज्ञी-पुष्पलको मिक्स अनुहार

फिल्मीखबर, काठमाण्डौ, 2018/12/12
 
केही नयाँ प्रयोग नगरे अब दर्शकमा फिल्मप्रति उत्सुकता जगाउन निकै गाह्रो छ । यसैले त निर्माता/निर्देशक फिल्मको प्रचारमा अहिले केही नयाँ नौलो प्रयोग गरिरहेका हुन्छन् । माघ दोस्रो साताबाट छायांकन सुरु हुने तरखरमा रहेको फिल्म ‘मारुनी’ को फस्टलुक पोस्टर यसको एक उदाहरण हो । मंगलबार साँझ फिल्मको घोषणा गरिएको थियो । 
 
घोषणा सभामा निर्माण टिमदेखि कलाकारहरु र्‍याम्पमा उत्रिएर फरक शैली अपनाए । साथै पोस्टरमा पनि नयाँपन दिइएको थियो । फस्टलुक पोस्टरमा फिल्मका दुई लिड कलाकार फिचर्ड छन् । अभिनेता पुष्पल खड्काको दाँया तर्फको आधा अनुहार र अभिनेत्री साम्राज्ञी आरएल शाहको बाँया तर्फको आधा अनुहार मिक्स गरेर पोस्टर तयार पारिएको छ । 
 
नेपालमा यो कन्सेप्टमा सम्भवतः पहिलो पटक पोस्टर तयार पारिएको हो । फिल्मको घोषणा सभामा फस्टलुक पोस्टरले नै धेरैको ध्यान खिचेको थियो । दर्शकमा पनि फस्टलुकले फिल्मप्रति कौतुहलता जगाउने निश्चित छ । टाइटलले फिल्म मारुनी नाचसँग सरोकार राख्ने बुझिए पनि फिल्मले कुनै नाचसँग सरोकार नराख्ने निर्देशक नवल नेपाल बताउँछन् । 
 
फिल्मले दुई सुन्दरी युवतीको कथा भन्नेछ । यसमा अभिनेता पुष्पलको जोडी साम्राज्ञी र नव अभिनेत्री रेविका गुरुङसँग बाँधिएको छ । पुनम गौतमले निर्माण गर्ने फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । सञ्जय लामाले फिल्म खिच्नेछन् । अजय पोखरेल र राजा प्रधान निर्मातामा छन् । 
Most Visited News (monthly)