Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीको हातमा ‘मामु’

फिल्मीखबर, काठमाण्डौ, 2018/12/12
नेपालमा निकै कम अभिनेत्रीहरु आमाको साथमा देखिने गर्दछन्, जसमा अभिनेत्री साम्राज्ञी आरएल शाहको नाम सबैभन्दा अगाडि आउँछ । उनलाई सार्वजनिक कार्यक्रममा एक्लै निकै कम भेटिन्छ । आमा नेहा आरएल शाहको साथमा उनी हरेक कार्यक्रममा पुग्ने पुगेकी हुन्छिन् ।
 
उनी आमासँग पुग्दा धेरैले उनीहरुलाई दिदी-बहिनी भन्ने गर्दछन् । सुन्दरतामा साम्राज्ञीभन्दा कम छैनन् आमा नेहा पनि । उनी एक गायिका हुन् । एक वर्ष अगाडि उनले 'फूली खस्यो...' गीत सार्वजनिक गरेकी थिइन् । एउटा कुरा निकै कमलाई थाहा हुनसक्छ साम्राज्ञी नेपाली फिल्ममा आउनुको प्रमुख कारण आमा नेहा नै हुन् ।
 
उनकै आग्रहमा साम्राज्ञीले अभिनेता अनमोल केसी स्टारर फिल्म 'ड्रिम्स' मा काम गरेकी थिइन् । अहिले उनको पारिश्रमिक डिल गर्नेदेखि फिल्मको कुरा गर्न सबैभन्दा अगाडि आमालाई भेट्नु पर्छ । 
 
 
पारिश्रमिकको कुरा उठ्दा साम्राज्ञी सँधै भन्छिन्, 'मेरो पारिश्रमिक ममीले मिलाउनु हुन्छ ।' उनले अभिनेता प्रदीप खड्कासँग हेमराज विसीको फिल्म गर्नुमा पनि आमाको महत्वपूर्ण भूमिका छ । प्रदीपले नेहालाई फोन नै गरेर साम्राज्ञीले फिल्म गर्ने वा नगर्ने भनेर सोधेको सिनेवृतमा चर्चा छ ।
 
फिल्मको सेड्युल मिलाउने, पारिश्रमिक डिल गर्ने, कसको फिल्म गर्ने/नगर्ने सबै चाँजोपाँजो आमाले मिलाउने हुँदा साम्राज्ञीले अन्य कुरामा तनाव लिने गर्दिनन् । यसकारण पनि उनी कुनै कार्यक्रममा आमाको साथ छाड्दिनन् । फिल्मको कार्यक्रममा हिरोसँग भन्दा उनी आमासँग नै मिडियामा तश्बिर खिचाउन सहज मान्छिन् । साम्राज्ञीको आमाप्रेम उनले हातमा खोपेको ट्याटुबाट पनि छर्लङ्ग हुन्छ ।
 
दाहिने वक्षस्थलको मुनि ट्याटु खोपेको तश्बिर बाहिरिएपछि आलोचित भएकी उनले दाहिने हातमा नै ‘मामु’ नामको ट्याटु बनाएकी छन् ।  मंगलबार फिल्म 'मारुनी' को घोषणा सभामा फिल्मीखबरका फोटोग्राफर विवेक बस्यालको क्यामेरामा उनको हातमा खोपिएको ट्याटु कैद भएको छ ।
 
उक्त कार्यक्रममा पनि उनी आमा नेहासँग नै पुगेकी थिइन् । फिल्मका टिमसँग तश्बिर खिचाएपछि उनले आमालाई बोलाएर मिडियामा तश्बिर खिचाउन पनि भ्याइन् । साम्राज्ञीको आमाप्रेम साँच्चै उदाहरणीय छ । 
Most Visited News (monthly)