Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चौका दाउ’ ट्रेलर : शाहरुख खानलाई चन्द्रमामा जग्गा किनिदिने रविन्द्र

फिल्मीखबर, काठमाण्डौ, 2018/12/12
पौष २७ गतेलाई रिलिज डेट लक गरिएको फिल्म ‘चौका दाउ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरियो । एक युवतीप्रति चार अर्धबैशे पुरुष आकर्षित हुँदा आइपर्ने समस्यालाई ट्रेलरमा दर्शाइएको छ । 
 
 
ट्रेलरमार्फत पात्र परिचय पनि दिइएको छ । अभिनेत्री बर्षा राउतलाई आफ्नो स्वार्थका लागि अर्धबैशे पुरुषलाई फसाउने पात्रको रुपमा चित्रण गरिएको छ । उनी 'उवर्शी' को भूमिकामा छिन् । रविन्द्र झा 'भूपति', विल्सन विक्रम राई 'धन बहादुर', सन्तोष पन्त 'छविराज' र तैयव शाहले 'हुस्सैन काजी' को भूमिका निभाएका छन् । पुर्नेन्दु झा यस फिल्मका निर्देशक हुन् । 
 
ट्रेलर रिलिज कार्यक्रममा निर्देशक झाले समाजभित्रकै कथालाई पर्दामा उतारिएको बताए । यसअघि उनले पोलिटिकल जनराको फिल्म 'संरक्षण' निर्देशन गरेका थिए । ‘चौका दाउ’ को कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो । दिर्घ गुरुङले खिचेको फिल्ममा मित्र डि.गुरुङको सम्पादन रहेको छ ।
 
सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको फिल्ममा निर्मल शर्मा, अजाश्र ढुङ्गानालगायतका कलाकारहरुको पनि अभिनय छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, मनोजराज भण्डारीको ब्याकग्राउन्ड स्कोर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, अभिमन्यू निरवीको स्क्रिनप्ले छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)