Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञी, पुष्पल र रेविकालाई र्‍याम्पमा उतारेर ‘मारुनी’ घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/12/11
 
अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाहले १५ लाख लिएर साइन गरेको खबर बाहिरिएसँगै चर्चामा रहेको फिल्म ‘मारुनी’ को औपचारिक घोषणा गरिएको छ । मंगलबार' राजधानीमा एक कार्यक्रममा बीच निर्माण टिमले फरक शैलीमा फिल्मको 'कास्ट एण्ड क्रियु' सार्वजनिक गर्‍यो ।
 
फिल्मका निर्देशकदेखि कलाकारहरुलाई र्‍याम्पमा उतारिएको थियो । सम्भवतः पहिलो पटक यो शैलीमा फिल्मको घोषणा गरिएको हो । 
 
 
निर्मात्री पुनम गौतमको निर्माणमा 'मंगलम' फेम निर्देशक नवल नेपालले निर्देशन गर्ने फिल्ममा साम्राज्ञीसँगै अभिनेता पुष्पल खड्का र नव अभिनेत्री रेविका गुरुङको लिड रोल रहने छ ।
 
माघ दोस्रो साताबाट छायांकन आरम्भ हुने फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक बताउँछन् । घोषणा सभामा फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको थियो । 
 
 
'मंगलम' फेम लेखक गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । हाल 'ए मेरो हजुर ३' खिचिरहेका सञ्जय लामाले फिल्म खिच्नेछन् ।
 
काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने फिल्मको टाइटलले कुनै नाचसँग सरोकार नराख्ने निर्देशक नेपाल बताउँछन् । मगर भाषामा गुन्ह्युचोली लगाएर नाच्ने पुरुषलाई मारुनी भन्ने प्रचलन छ । 
 
 
‘जबसम्म कथाले मुटु छुदैन, मुटु दुख्दैन या मुटु हाँस्दैन भने तपाई ब्रह्माण्डबाट जे सुकै ल्याउनुस् त्यो फिल्म सफल हुँदैन’, फिल्म राम्रो हुन कन्टेन्टको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै निर्देशक नेपालले भने, ‘‘मारुनी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’’
 
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको फिल्ममा पुष्पलले साम्राज्ञी र रेविकासँग रोमान्स गर्नेछन् । तीनै स्टार्स फिल्मलाई लिएर उत्साहित देखिएका छन् । 
 
 
पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्मात्री पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन् । 
Most Visited News (monthly)