Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मर्दानी २’ मा फेरि एक्सन गर्दै रानी

एजेन्सी, मुम्बई, 2018/12/11
बलिउड इन्डष्ट्रीमा हिट फिल्मको सिक्वल्स बनाउने प्रथा निकै छ । कहिले फिल्मको सिक्वल्सले दर्शकको मन जितेको छ भने कहिले बक्सअफिसमा डिजास्टर साबित पनि भएको छ । तर, पुलिस ड्रामा फिल्मको कुरा अलग छ । जुन फिल्मलाई निकै रुचाइन्छ त्यस फिल्मको सिक्वल्सको दर्शकलाई व्यग्र प्रतिक्षा रहने गर्दछ । 
 
बलिउडमा अहिलेसम्म जति पनि पुलिस ड्रामा फिल्मको सिक्वल्स बनेका छन् दर्शकले निकै रुचाएका छन् । चाहे त्यो सलमान खानको 'दबंग' सिरिज होस् वा अजय देवगनको 'सिघम' को सिरिज, दर्शकले निकै मन पराए । अब पुलिस ड्रामा फिल्मको सिक्वल्सको लिस्टमा एक अर्को फिल्म मिसिने भएको छ । 
 
 
बलिउड अभिनेत्री रानी मुखर्जी फिल्म ‘मर्दानी’ को सिरिजमा देखिने भएकी छन् । उनले पहिलो भाग दिलको निकै नजिक भएका कारण ‘मर्दानी २’ को छायांकन सुरु हुनुको प्रतिक्षा गर्न मुश्किल भइरहेको बताएकी छन् । रानी पछिल्लो पटक फिल्म ‘हिचकी’ मा देखिएकी थिइन् । 
 
रानीले एक बयानमा भनेकी छन्, “मर्दानी′ सँधै मेरो दिलको नजिक रहनेछ । फिल्मको रिलिजपछि धेरैले मलाई सोधेका थिए कि ‘मर्दानी २’ कहिले सुरु गर्दैछौ र मलाई विश्वास छ कि यो घोषणाले उनीहरु सबैलाई चकित बनाउनेछ । गोपीले एक असाधारण पटकथा लेखेका छन्, जो हामी सबैलाई मन परेको छ ।”
 
‘मर्दानी’ २०१४ मा रिलिज भएको थियो, जसमा रानीले वानी राय नामक एक पुलिस अफिसरको भूमिका निभाएकी थिइन् । यशराज फिल्म्सको ब्यानरमा बन्ने फिल्म ‘मर्दानी २’ को छायांकन अर्को वर्षबाट सुरु हुनेछ । रिलिज २०१९ को मध्यान्तरतिर हुने बताइएको छ । फिल्मलाई गोपी पुथरनले निर्देशन गर्नेछन् । 
Most Visited News (monthly)