Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुहायो पुष्पल र आँचलको जोडी ? (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/10
'नाइँ नभन्नू ल ४', 'जोनी जेन्टलम्यान' र 'शत्रु गते' मा अभिनेता पल शाहसँग जोडी बाँधिएपछि अभिनेत्री आँचल शर्मालाई एउटा प्रश्नले निकै खेदिरह्यो, 'पल बिनाको फिल्म नगर्ने हो ?' यसको जवाफ उनले फिल्म 'ब्ल्याक' बाट दिइन् । उक्त फिल्ममा उनको जोडी अभिनेता आकाश श्रेष्ठसँग कसिएको थियो । 
 
 
अहिले पल र आँचलको जोडी म्यूजिक भिडियोमा मात्र बढी देखिन थालेको छ । 'शत्रु गते' पछि दुईले साइन गरेको फिल्ममा एकअर्का छैनन् । 'वीर विक्रम २' मा पलको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी छिन् भने निर्माण हुन लागेको फिल्म 'हृदय भरी' मा नयाँ अभिनेत्री खोजिँदैछ ।
 
 
अभिनेत्री आँचल लामो समय हुलमुलका फिल्म नगर्ने अडान लिएर बसेपनि अन्ततः कलाकारको भीडभाड रहेको फिल्म 'दाल भात तरकारी' गर्न राजी भइन् । यसमा उनको जोडी अभिनेता पुष्पल खड्कासँग बाँधिएको छ । गत वर्ष रिलिज भएको फिल्म 'मंगलम' पछि अभिनेता खड्कालाई नेपाली फिल्म क्षेत्रले चम्किला नक्षेत्रको रुपमा हेर्न थालेको छ । 
 
 
आँचल र पुष्पलले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदारी गरेका हुन् । भिडियोमा भने यो जोडीलाई यसअघि दर्शकले देखिसकेका थिए । मह सञ्चारको ब्यानरमा सुदन केसीको निर्देशनमा हाल छायांकन भइरहेको फिल्म 'दाल भात तरकारी' मा प्रेम जोडीको रुपमा दुईलाई दर्शकले हेर्न पाउनेछन् । 
 
 
एक अन्तर्वार्तामा अभिनेत्री शर्माले पुष्पलसँग काम गर्दा निकै सहज महशुस भएको बताएकी छन् । पुष्पल पनि आँचलसँग काम गर्दा निकै रमाइलो भएको बताउँछन् । फिल्ममा पुष्पल 'राउ' र आँचल 'पिंकी' को भूमिकामा छन् । हरिवंश आचार्य र निरुता सिंहले पुष्पलको माता-पिताको भूमिका निभाएका छन् । 
 
तश्बिर : रवि अधिकारी 
Most Visited News (monthly)