Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भंसालीको फिल्ममा ‘सुल्तान’ जोडी ?

एजेन्सी, मुम्बई, 2018/12/10
 
नामी बलिउड निर्देशक सञ्जय लीला भंसाली र अभिनेता सलमान खानले १९ वर्ष अगाडि फिल्म 'हम दिल दे चुके सनम' मा काम गरेका थिए । यसपछि दुईको टिमअप भएको थिएन । अब फेरि यो जोडीले सहकार्य गर्ने भएका छन् । भंसालीको नयाँ फिल्ममा सलमान र अनुष्का शर्माको जोडी बाँधिने चर्चा छ ।
 
यसअघि यी दुईले फिल्म ‘सुल्तान’ मा काम गरेका थिए । मिडिया रिपोर्ट्सका अनुसार, सञ्जय लीला भंसालीले नयाँ प्रोजेक्टको लेखन सुरु गरिसकेका छन् । स्क्रिप्ट तयार भएपछि सलमान र अनुष्काको जोडीलाई यो फिल्म अप्रोच गर्ने उनको सोच छ । भंसालीको पछिल्लो रिलिज फिल्म 'पद्मावत' हो । 
 
अनुष्का अहिले आफ्नो नयाँ फिल्म 'जिरो' को प्रमोसनमा व्यस्त छन्, जुन फिल्म २१ डिसेम्बरमा रिलिज हुँदछ । सलमान आफ्नो नयाँ फिल्म 'भारत' मा व्यस्त छन् भने चाँडै 'दबंग ३' को छायांकन सुरु गर्दैछन् । 'जिरो' मा अनुष्का सेरेब्रल पाल्सी नामको विरामीबाट पीडित यूवतीको भूमिकामा छिन् । 
 
एक वैज्ञानिकको भूमिका उनले निभाएकी छन् । उनले आफ्नो भूमिकाका लागि तीन महिना कडा मिहिनेत गरेकी थिइन् । भूमिकालाई न्यायपूर्वक निभाउन उनले अक्यूपेशनल थेरेपिस्ट र अडियोलोजिस्टको समेत मद्दत लिएकी थिइन् । यसमा शाहरुख खान र कैटरीना कैफ पनि प्रमुख भूमिकामा छन् । 
Most Visited News (monthly)