Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘प्रसाद’ पृथक फिल्म : धुर्मुस-सुन्तली

फिल्मीखबर, काठमाण्डौ, 2018/12/09
 
लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ ले यतिबेला घरेलु बजारमा सुखद व्यापार गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले दुई दिनमा १ करोड १० लाख ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त छ । चलचित्रकर्मी र समीक्षकले निकै रुचाएको फिल्मलाई दर्शकले पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
 
आइतबार साँझ सिभिल मलमा फिल्म हेरेर निस्कँदै गर्दा सिताराम कट्टेल (धुर्मुस) र कञ्जना घिमिरे (सुन्तली) ले ‘प्रसाद’ सबैले ग्रहण गर्नुपर्ने बताए । हास्यजोडीले कलाकारको अभिनय, निर्देशकको मिहिनेत र कथावस्तुको खुलेर प्रशंसा गरे । सितारामले धेरैपछि एउटा पृथक फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरे । 'मिठो प्रसाद ग्रहण गरियो', उनले भने । 
 
 
कुञ्जनाले अभिनेत्री नम्रता श्रेष्ठलाई अहिलेसम्मकै फरक भूमिकामा हेर्न पाएको बताइन् । उनले भनिन्, 'हरेक फिल्ममा उहाँले फरक-फरक भूमिकामा निभाउनु भएको छ । ‘प्रसाद’ मा त धेरै नै फरक छ । उहाँले निकै हार्ड-वर्क गर्नुभएको छ ।' उनले विपिनलाई 'एभर ग्रिन एक्टर' भन्दै तारिफ पनि गर्न भ्याइन् । 
 
 
सामाजिक कथालाई लिएर निर्माण भएका कारण समाजमा बस्ने हरेक व्यक्तिले फिल्म हेर्नैपर्ने उनको भनाई छ । 'फिल्म एकदमै मौलिक छ । हाम्रो माटो सुहाउँदो छ', सञ्चारकर्मीसँग कुरा गर्दै सितारामले भने, 'हाम्रै परिवेशमा हाम्रै घर-आँगनमा घटेको घट्नालाई देखाइएको छ । कथा सरल छ तर दर्शकलाई बाँध्न सफल छ ।' 
 
दर्शक प्रतिक्रिया बुझ्न पुगेकी अभिनेत्री नम्रता, धुर्मुस-सुन्तलीको सकारात्मक प्रतिक्रियाबाट उत्साहित देखिएकी थिइन् । निर्देशक राउतले चलचित्रकर्मी, समीक्षक तथा दर्शकबाट पाएको 'सकारात्मक र उत्साहजनक' प्रतिक्रियाले आफूमा गहन जिम्मेवारी थपिएको बताए । अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक दाम्पतीको जीवनमा सन्तान नहुँदा आउने उचारचढावमा फिल्म केन्द्रित छ । 
 
 
पत्रकार सुशील पौडेलको कथा रहेको फिल्ममा नम्रताको श्रीमानको भूमिका अभिनेता विपिन कार्कीले निभाएका छन् । अभिनेता निश्चल बस्नेत नेगेटिभ रोलमा छन् । सुवास थापा यसका निर्माता हुन् । शुक्रबार र शनिबारको कलेक्सनलाई वितरकले आक्रामक भनेका छन् । आइतबार भने औसत छ । 
Most Visited News (monthly)